arrow

म्यान्चेस्टर युनाइटेडको जादूमयी नौ गोल 

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
man-utd8.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जादूमयी नौ गोल गरेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ९–० गोल अन्तरले पराजित गरेको हो ।

नौ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाइटेडले फराकिलो जित निकालेको हो । खेलको दोस्रो मिनेटमै एलेक्सजेन्ड्रा जान्केविट्जले र ८६ औं मिनेटमा जान बेडानाराकले रातो कार्ड खाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको १८ औं मिनेटदेखि युनाइटेडले गोल गर्न थालेको थियो । युनाइटेडले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ५ गोल गरेको थियो । 

एन्थोनी मार्सियलले २ तथा आरोन वान वासिका, मार्कुस रासफोर्ड, एडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र डानियल जेम्सले एक एक गोल गरे । त्यस्तै एक गोल जान बेडनाराकले आत्मघाती गरेका थिए । 

प्रिमियर लिगको इतिहासमा युनाइटेडले दोस्रो पटक ९–० को जित निकालेको हो । यसअघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाईटेडले ९–० को जित निकालेको थियो ।

अन्य खेलको नतिजा
शेफिल्ड युनाइटेड २–१ वेष्टब्रोमविच आल्बियन
वुल्भरह्याम्पटन वान्डेरर्स २–१ आर्सनल
न्यूकासल युनाइटेड १–२ क्रिष्टल प्यालेस 

अंक तालिका 
अंक तालिकामा म्यान्चेस्टर युनाइटेड २२ खेलबाट ४४ अंकसहित शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग बराबरी गरेको भए पनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । 

लिभरपुल २१ खेलबाट ४० अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको लेस्टर सिटीको २१ खेलबाट ३९ अंक छ । पराजित आर्सनल २२ खेलबाट ३१ अंकसहित दशौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ