arrow

डगमगायो मौरिन्होको दम्भ, घरमै भयो टोटनह्याम स्तव्ध

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
jose-mourinho5.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर पराजित भएको छ । होजे मौरिन्होको टिम टोटनह्याम घरेलु मैदानमै पराजित भएको हो । 

टोटनह्यामलाई चेल्सीले बिहीबार रातिको खेलमा १–० गोल अन्तरले पराजित गरेको हो । खेलको २४ औं मिनेटमा योर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल चेल्सीलाई विजयी बनाउन काफी भयो ।

यो खेलमा टोटनह्यामका सदाबहार नायक ह्यारि केन खेलेका थिएनन् । उनको अनुपस्थिति टोटनह्यामका लागि निकै खड्किएको थियो । 

यो हारले भने कुनै समय शीर्ष स्थानमा रहेको टोटनह्यामको उपाधिको भिडन्त निकै पछाडि धकेलिएको छ नै शीर्ष तीनमा रहने सपना पनि चकनाचुर भएको छ । 

टोटनह्यामको यो लगातार तेस्रो हार हो । 

यो हारले मौरिन्होको दम्भ पनि डगमगाएको छ । 

यो जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा पुग्न सफल भएको छ भने एक खेल कम खेलेको टोटनह्याम ३३ अंकसहित आठौं स्थानमा झरेको छ । 

लिगमा ४७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको म्यान्चेस्टर युनाइटेड ४४ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको लेष्टर सिटीको ४२, चौथो स्थानको लिभरपुलको ४० तथा ३८ अंकको वेष्टह्याम युनाइटेडको ३८ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ