आजबाट कुन पार्टी मूल हो भन्ने टुंगो लाग्यो : प्रधानमन्त्री ओली
प्रकाशित २०७७ माघ २३ शुक्रबार
935
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कुन नेकपा आधिकारिक भन्ने टुंगो लागेको दाबी गरेका छन् ।
पार्टीले काठमाडौंको नारायणहिटी दरबार संग्राहलय अगाडी आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले जनसभामा सहभागीको भिड देखाउँदै आफूले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरे ।
‘मूल पार्टी यही हो, जहाँ तपाइँ हामी छौं, यो कम्युनिष्ट पार्टीको मात्रै मूल होइन, देशकै मूल पार्टी हो, आजबाट कुन पार्टी मूल हो भन्ने टुंगो लाग्यो,’ प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले भने ।
उनले देशको रक्षा गर्ने, सार्वभौम सत्ता र स्वाधिनता तथा भौगोलक अखण्डताको रक्षा गर्ने पार्टीसमेत आफूले नेतृत्व गरेको पार्टी नै भएको उनको दाबी छ । प्रधानमन्त्री ओलीले लोकतन्त्र ल्याउन सबैभन्दा अहम भूमिका निर्वाह गरेको पार्टी समेत नेकपा नै रहेको ठोकुवा गरे ।
‘लोकतन्त्रका लागि चार दशक संघर्ष गरेको पार्टी, लेकतन्त्र ल्याउन सबैभन्दा अहम भूमिका निर्वाह गरेको पार्टी नेकपा नै हो,’ ओलीले भने ।
प्रचण्ड-माधव समूहले भनेको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै ओलीले प्रश्न गरे । ‘शाहाकारी आन्दोलनले हुँदैन भनेको के हो ?, चिकेन चिल्ली खान्छु भनेको हो ?, अब देशलाई हिंसातर्फ लैजान्छु भनेर नसोचे हुन्छ,’ आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ।