arrow

अनलाइनबाट वार्षिक रिचार्ज गर्दा डिसहोममा छुट

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
dishhome-recharge.jpg

काठमाडौँ। डिसहोमले ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिसहोममा डिलर दाइको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन्। अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन्। यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिचार्ज रकममा आकर्षक छुट पाएका छन्। जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेको कम्पनीले जनाएको छ।

२ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउन्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ। आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिसहोम नेटवर्कले जनाएको छ।

नेपालभरका डिसहोमका डिलरहरू मार्फत फन्ड ट्रान्सफर वा अनलाइन प्रणालीबाट वार्षिक रिचार्ज गरे बापत ‘बिक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिसहोमले दिएको छ। फन्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिसहोम बिक्रेता, नजिकैका डिलर वा डिसहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ