arrow

'ओली सबैभन्दा अब्बल'

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
pm-oli-sambodhan1.jpg

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण  रहेको बताएका छन् ।

 समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक कार्यक्रममा रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए ।

उनले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी-त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गरे ।

नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गरे ।

नेकपा वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको जिकिर गरे ।



नयाँ