arrow

सीमा क्षेत्रबाट नक्कली नोटसहित दुई जना पक्राउ

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ २५ आइतबार
fake-money1.jpg

कञ्चनपुर । कञ्चनपुरको नेपाल भारत सीमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेका छन्।

बेलौरी नगरपालिका १० भुडा स्थित नेपाल भारत सीमावर्ती  भारतीय क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा दुई जना नेपाली नागरिक पक्राउ गरेको र उनीहरू सँगै रहेको भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का रमेश खाती र काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने विष्णु भट्ट रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका खाती पुनर्वासका मेडिकल सञ्चालक समेत रहेका छन् ।

उनीहरूको साथबाट ३ थान नक्कली नोट र नोट बनाउन प्रयोग गर्ने काँचको मेसिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अहिले इलाका प्रहरी कार्यालय बेल डाँडीमा राखिएको कञ्चनपुर प्रहरी प्रवक्ता  शाहीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ