arrow

घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार, उपाधि यात्रामा म्यान्चेस्टर सिटी

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
mancity-liverpool1.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले लज्जास्पद हार बेहोर्न पुगेको छ । लिभरपुललाई  लिग लिडर म्यान्चेस्टर सिटीले पराजित गरेको हो । 

आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको एन्फिल्ड मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले मात्र एक गोल गरे । यो हारले लिभरपुलको उपाधि यात्रा लगभग सकिएको फुटबल पंडितहरुले बताउन थालेका छन् । लिभरपुल प्रशिक्षकले पनि उपाधि यात्रा टाढिएको स्वीकारेका छन् । 

अन्य खेलको नतिजा 
टोटनह्याम हट्सपर (केन र सन) २–० वेष्ट ब्रोमविच आल्बियन
वुल्भरह्याम्पटन वान्डेरर्स ०–० लेस्टर सिटी 
शेफिल्ड युनाइटेड १–२ चेल्सी (माउन्ट, योर्गिन्हो)

अंक तालिका 
म्यान्चेस्टर सिटीले २२ खेलमा ५० अंक जोडेको छ । सिटीले उपाधि होड समेत बलियो बनाएको छ । सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडविरुद्ध ५ अंकको अग्रता समेत बनाएको छ । 

युनाइटेडको २३ खेलबाट ४५ अंक छ । तेस्रो लेस्टर सिटीको २३ खेलबाट ४३ अंक छ । चौथो लिभरपुलको २३ खेलबाट ४० तथा पाँचौं चेल्सीको २३ खेलबाट ३९ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ