arrow

चक्कु देखाएर 'प्र्यांक' गर्दा गोली लागेर मारिए एक युवक

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
Prankster-dead-USA.jpg

काठमाडौं । चक्कु देखाएर लुटेरा बन्दै प्र्यांक (मजाकका रुपमा गरिने कार्य) गर्न खोज्दा एक युवक गोली लागेर मारिएका छन् ।अमेरिकाको टेनेसी राज्यको न्यासभिल शहरमा रहेको एक ट्रेम्पोलिन पार्कमा यो घटना भएको हो ।
 
युट्युबका लागि प्र्यांक भिडियो खिच्ने क्रममा टिमोथी विल्क्स नाम गरेका २० वर्षीय युवकलाई २३ वर्षीय युवक डेभिड स्टार्नेसले गोली हानेका हुन् ।
 
डेभिडले आफूलाई प्र्यांक गरिरहेको भन्ने थाहा नभएको र आत्मरक्षाको लागि गोली चलाएको बताएका छन् ।घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । डेभिडले गोली चलाएको स्वीकार गरेका छन् ।
 
युट्युबमा हाल्नका लागि भिडियो खिच्दै छौं भनेर मान्छेलाई जानकारी नदिई कुनै पनि मान्छेसँग मनपरी हर्कत गर्दै बनाइने भिडियोलाई प्र्यांक भिडियो भनिन्छ । 
तर, मान्छे कस्तो अवस्थामा छ भन्ने कुरा थाहा नहुँदा र शारीरिक एवं मानसिक चोट पर्ने किसिमका प्र्यांक गर्दा थुप्रै किसिमका समस्या आउने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ