arrow

बाँधिदै प्रेमको डोरो 

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
Happy-Valentines-Day-Image-7.jpg.jpeg

काठमाडौं । फेब्रुअरी १४ तारिखमा विश्वभर भ्यालेन्टाइन्स डेको रौनक छाएको छ । कोरोना भाइरसको महामारीबीच पनि भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसले आफ्नो कला देखाउँदैछ । 

यो दिन विशेष गरी युवा युवतीले विशेष अवसरका रुपमा लिएर माया आदानप्रदान गर्छन् । अंकुराएको प्रेम व्यक्त गर्ने समयका रुपमा यसै दिनलाई कुरेर बसिन्छ भने पुराना प्रेमीहरु पनि आफ्नो प्रेमलाई सम्झन्छन् । अनि विवाहित जोडी फेरि आफूलाई मायाको डोरोमा कसिन्छन् । अनि वृद्धवृद्धा जोडी पनि विगत सम्झेर खुशी हुने दिनमा रुपमा लिने गरिन्छ भ्यालेन्टाइन्स डेलाई । 

भ्यालेन्टाइन्स् डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । 

अनि तिने सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।

युरोपतिर यसको चर्चा बढी हुँदै आएकामा पछिल्ला केही वर्षहरुदेखि नेपालमा पनि भ्यालेन्टाइन्स डे खुवै लाग्ने गरेको छ । 

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।

डेटिङ स्पटहरु पनि बढ्दै गएका छन् । यसले आन्तरिक पर्यटन बढाउने भन्दै खुशीसमेत व्यक्त गरिन्छ । तर गुलाफको फूल दिएर प्रेम दर्शाउनेहरु हुँदासमेत कतिपय फूल व्यापारीहरु यसपटक गुलाफको फूल नबिकेकामा चिन्तित छन् । 

प्रेमको डोरो बाँध्न फूलै नचाहिने तर्क गर्नेहरु दर्शाइरहेछन् माया बोलीकै भरमा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ