माग पुरा नभएको भन्दै सिमीकोटका स्थानीय महिलाले घेरे विद्युत् कार्यालय
जनकबहादुर शाही,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
815
Shares
हुम्ला । आफ्नो माग पुरा नभएको भन्दै सदरमुकाम सिमीकोटका महिलाहरूले विद्युत् कार्यालय घेराउ गरेका छन् । चर्को लोड सेडिङ गरेको भन्दै महिलाहरू आन्दोलित भएका हुन ।
दैनिक जसो १४ घण्टा लोडसेडिङ हुने भए पछि विद्युतको पावर हाउसमा बिग्रिएको मेसिन बनाई लोडसेडिङ घटाउनु पर्ने, लोडसेडिङ समय तालीका निकाल्नु पर्ने गरे भन्दै सात दिने अल्टिमेटम दिएर एक हप्ता अगाडि फर्केका महिलाहरूले ७ दिन सम्म पनि सुनुवाइ नभएपछि सोमबार पुन आन्दोलन गरेका छन् । सोमबार सिमिकोट ६ माथिल्लो गाउँका माहिलाहरूले आफ्नो माग पुरा नगरेको भन्दै दिल्दुम बिद्युत् वितरण केन्द्रका कार्यालय घेराउ गरेका छन् ।
हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि यहाँका महिला आक्रोशित भएर विद्युत् कार्यालय घेराउ गरेका हुन । सिमीकोटमा दैनिक १४ घण्टा बढी लोडसेडिङ हुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको र हामीलाई चाहिनेबेलामा लोडसेडिङ हुने सुते पछि राती मात्र बत्ती आउने भन्दै स्थानीय महिलाहरू विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
हिउँदको समयमा दैनिक दिन दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि बिहान र साँझ ५ देखि ५ लोडसेडिङ भएर राति दश बजेपछि मात्रै विद्युत् आपुर्तिे हुँदा हुम्लाका एसइई तयारी गरिरहेका विद्यार्थी लगायत अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको स्थानीय महिलाहरूको गुनासो छ । विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धबोहोराले गुनासो गरिन् । केही दिन अघि स्थानीय महिलाहरूले चेतावनी मात्रै दिएर गएको भए पनि यस पटक भने अव समय सापेक्ष अनुसार विद्युत् आर्पुति नगरेमा विद्युत् कार्यालय सहित पावरहाउरमा समेत ताला लगाउन महिलाहरूले चेतावनी दिएका छन् ।
दैनिक जसो १४ घण्टा लोडसेडिङ हुने कहिले पेनिस्टीक पाई फुट्ने त कहिले नहर धत्कीएर समस्या आई रहने हिल्दुुम बिद्युत् वितरण केन्द्रले सदरमुकाम सहित सिमीकोटका ८ वडा र खुर्पानाथ गाउँपालिकाका २ वडामा विद्युत् आपूर्ति गरेको भए पनि पावर हाउसलाई पानी आपूर्ति गर्ने पेनस्टिक पाइप, फर्बे ट्याङ्की र मुहानसम्मको नहरको अवस्था जीर्ण रहेकाले तत्काल सुधारको प्रयास नगरे आयोजना बन्द हुने अवस्था देखिएको छ ।
यस वर्ष हिमपात कम हुँदा पानीको श्रोत कम भए पछि पावर हाउसमा पानी आपूर्ति गर्ने पेनस्टिक पाइपमा हावा छिरेर फुट्ने हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख इन्जिनियर साजन ऐडीले बताए । ३, ३ महिनामा पावर हाउस देखि फर्बे ट्याङ्की र पेनस्टिक पाइपमा समस्या आई रहने भएकाले समस्या भएको ऐडीले बताए ।
२०६४ साल जेठ १४ गते वाट सञ्चालन भएको आयोजना सम्पन्न गर्न २१ करोड बजेट खर्च भएको आयोजनाले बनाएको हो । पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने आयोजनाले कहिल्यै पनि क्षमता अनुसारको विद्युत् उत्पादन नगरेर दुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्ने मेशिन कामै नगरी मर्मत गर्नु पर्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । दुई मेगावाट विद्युत्को माग रहेको सिमिकोट र खुर्पानाथ गाउँपालिकाका लागि आयोजनाले एक सय २० किलोवाट मात्र विद्युत् उत्पादन गर्दा दैनिक १४ घण्टासम्म लोड सेडिङ गर्दै आएको छ ।