arrow

मालपुवाले उडायो कन्जुस साहुजीको होस

logo
बुद्ध,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
Buddha.advice2_.jpg

काठमाडौँ ।  आजका समाजमा मात्र होइन बुद्धको पालामा पनि धेरै कन्जुस मानिस थिए । बुद्धकालीन समाजमा एउटा ठुलो धनी सेठ थिए । तर उनी सारै कन्जुस थिए । उनले मिठो खाना चाही कहिले पनि खाएका थिएनन्, न राम्रो लुगा नै लगाएका थिए । आफै त्यस्तो मान्छे अनि कहाँ स्वास्नी र छोरा छोरीहरूलाई  मिठो खाना र लुगा दिन्थे !

एक दिन ती कन्जुस साहुजी कुनै काममा अन्तै गाउँमा गई रहेको वेलामा केही नवजवान हरू पिकनिक आइ रहेको ठाउँमा पुगे । उनीहरू घिउ धेरै हाली मिठो हुने गरी मालपुवा पकाइ रहेको थिए। मालपुवा हेर्दै खिरीनै मुखमा पानी आउँथ्यो, मतलब मीठो र रसिलो जस्तो लाग्थ्यो । साहुजीको मुख मा त मालपुवा देख्न साथ पानी भरेर आयो। अनि उनले मनै मनमा कुरा गर्न थाले- मैले पनि यस्तो घिउमा पकाएको मालपुवा एक चोटि खान पाए कस्तो बेस हुन्थ्यो तै पनि पैसा खर्च हुने डरैले कसैलाई नभनी आफ्नो इच्छालाई दबाइ चुपचाप बसी रहे ।

तर उनको मालपुवा खाने इच्छा र तृष्णा 'चाहिँ मरेको थिएन । सधैँ त्यही मीठो खानाको मात्र सम्झना भई रहेको हुँदा उनलाई चिन्तन मय रोगले सताउन थाल्यो । अनि निन्द्रा पनि लाग्दैनथ्यो । रात भरी लामो सास फर्दै रहन्थे । उनी प्रति दिन दुब्लाउँदै गए । एक दिनको कुरो हो राती निन्द्रा नलागेका बेलामा साहुनी सोधिन्- हजुरलाई के पिर परेको छ । हजुरलाई निन्द्रा पनि लाग्दैन, खाना पनि खानुहुन्न, दुब्लाउनु भो ?

साहजीले भने- मलाइ केही भए छैन, तँ चुप लाग ! तर साहुनीलाई चित्त बुझेन । कुट कोट्याइ सोधिन् केही छैन भन्नु भए पनि हजुरको मनमा त अवश्य पिर छ । कन्जुसले भने- अस्ति एक गाउँमा गएर फर्किँदा बाटोमा घिउमा मालपुवा पकाइ रहेको देखेँ । खुब मिठो जस्तो लाग्यो । त्यही मालपुवा मात्र सम्झना आइ निन्द्रा पनि लागेन, खान पनि मन लागेन ।

स्वास्नीले भनिन्- यस्तो सानो कुरामा हजुरले किन  पिर लिनु भएको ? म अहिले नै घिउ किनेर हामी सबै लाई पुग्ने गरी मालपुवा पकाई दिन्छु नि ! कान्जुस साहुले भने- त्यसैले मैले नभनेको। पीठो र घिउको लागि धेरै पैसा खर्च हुन्छ । तैँले कमाउनु पर्ने  होइन, फेरि सबैलाई मालपुवा पकाउनलाई तम्सिस् । खालि खर्च गर्न मात्र जानिस् । चुप लागेर बस, पकाउनु पर्दैन ।
 
फेरि स्वास्नीले भनिन् - हजुर एक जनालाई मात्र पकाइ दिन्छु हुन्न ? आफू एकलैलाई मात्र भनेको सुनेर साहुले हुन्छ भने । स्वास्नीले घिउ र पिठो किनेर ल्याइन । कन्जुस साहुले आफ्नो नाबालक छोरा छोरीहरूलाई बोलाएर नानीहरू बाहिर बाँदर नाच्ने ल्याएको छ, जाऊ हेर भनी बच्चाहरूलाई फकाएर बाहिर धपाई ढोका बन्द गरी चुकुल राखिदिए ।

दुवै जना कौसिमा गई मालपुवा पकाउन थाले । मालपुवा पकाउँदै थिए त्यस वेला गौतम बुद्धका द्वितीय शिष्य मोगल्ला यन भिक्षु कतैबाट  टुप्लुक्क आइपुगे । उनको हातमा भिक्षा पात्र थियो । साहुजीलाई रिस उठ्यो । त्यस्तो लोभीहरूबाट बच्नाको निमित्त कौसिमा आएको त झन् यहाँ पनि आइपुग्यो । आकाशमा हिँडडुले गरे पनि रोटी पाउँदैनौ बुझिस् भने । उनी भिक्षु आकाशमा हिँडडुल गर्न थाले ।

 साहले फेरि भने- धुवाले भरि दिए पनि केही पाउने छैनौ । भिक्षु त ऋद्धिवान् रहेछन् । खूब धुवा फैलाइ दिए । आँखै खोल्न सकेन । मोगल्लायन भिक्षुलाई त्यहाँ गौतम बुद्धले पठाएका थिए ।  गौतम बुद्धले थाहा पाए कि राजगृहका सेठले आफ्नो बच्चा बच्चीहरूलाई ढपाइ आफू एक्लै मालपुवा खान लागेका छन् । धेरै अन्याय भयो। कस्तो कन्जुस मन ! उसको हृदय बदल्नु पर्छ भन्ने विचार गरी आफ्नो शिष्य मोगल्लायन लाई सेठ कहाँ पठाएका थिए  । मालपुवा जसरी भए पनि लिएर कन्जुस साहुलाई पनि साथै ल्याउने । यही आदेश अनुसार भिक्षु मोगल्लायन सेठ कहाँ आई पुगेका थिए ।

साहुले दिक्क भई स्वास्नीलाई भने लौ ! त्यो लोभी भिक्षुलाई एउटा सानो रोटी पकाएर देऊ । स्वास्नीले पकाउन थालिन त एकदम ठुलो भएर आयो । कन्जुस सेठ रिसले चूरभइ स्वास्नीलाई भने- तैँले के गरीस, एउटा सानो रोटी पकाएर दे भनेको त एकदम ठुलो गरी पकाइस् ।

स्वास्नीले भनिन्- हजुरले नै पकाउनुस् त !  सेठले चाही आफैले सानो पिठोको टुक्रा लिएर पकाउन लागेको त झन् ठुलो भएर आयो । स्वास्नीले भनिन अब के भयो त हजुर! कन्जुस सेठ छक्क परेर झन् दिक्क भइकन ल, ल, एउटा रोटी दिई पठाउनु भने । एउटा लिने लागेको त सबै एउटै ढिक्का भई आउन थाल्यो। छुटाउनै गाह्रो पर्‍यो। लोग्ने र स्वास्नी दुवै जनाले ताना तानी गर्दा खेरि रबर जस्तो भयो तर छुटेन आएन ।

सेठलाई ठुलो धक्का लाग्यो । निराश भई सेठले भने- सबै दिएर पठाउन । पछि सबै रोटी भिक्षुको पात्रमा हाली दिए। वहाँ भिक्षुले सेठलाई पनि साथै जानु पर्छ। यी रोटी भगवान् बुद्धले लिन पठाउनु भएको हो । म एक्लै खानलाई लिन आएको होइन । जाऊँ सँगै भने । कन्जुस सेठ र साहुनी भिक्षु सँगै गए ।

भगवान् बुद्ध कहाँ पुगे पछि सबै भिक्षुहरूलाई मोगल्लायनले ल्याएको रोटी बाँडेर पछि भगवान् बुद्धले पनि खानु भयो । साथै सेठलाई पनि इच्छा भर खान भनी दिनु भयो । खाइ सकेपछि भगवान् बुद्धले सेठलाई उपदेश दिनु भयो ।  कन्जुस जीवन कदापि सुखी जीवन हुन सक्दैन भनि बुद्धले सम्झाउनुभयो  । सुखी परिवारको लागी त्यागमय चित्त हुनु पर्छ। बुद्धको ज्ञानोपदेशबाट सेठको हृदय परिवर्तन भयो । आनन्दभूमिबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ