arrow

नयाँ सत्ता समीकरणमा भारत र चीनको चासो, राजदूतद्वयको दौडधूप बाक्लियो

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
Nepal-India-china-flag1.jpg

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापना भएसँगै नयाँ सत्ता समीकरणका विषयमा छिमेकी मुलुक भारत र चीनले चासो ब्यक्त गर्न थालेका छन् । यसैबीचमा भारतीय राजदूत विजय मोहन क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको बुझिएको छ ।

भेटवार्ताका क्रममा के विषयमा कुरा भयो भन्ने स्पष्ट नभएपनि सत्ता समीकरण र अब बन्ने सरकारका विषयमा कुराकानी भएको बुढानिलकण्ठ स्रोतले जनाएको छ ।

नयाँ सत्ता समीकरणमा निर्णायक बनेको नेपाली कांग्रेसप्रति छिमेकी मुलुकले चासो राख्नु अस्वभाविक नभएको बताइन्छ । तर भारतले प्रतिनिधि सभा पुनःस्थापना नेपालको आन्तरिक मामला भएको भन्दै यसबारे कुनै सरोकार नभएको स्पष्ट पारिसकेको छ ।

यता चीनको इच्छा विभाजित बन्न पुगेका नेकपा एकता हुनुपर्छ भन्ने रहेपनि चिनियाँ राजदूत हाउ यान्छीले नेपाली राजनीतिको शक्ति केन्द्रमा मानिएको कांग्रेस सपापति देउवालाई भेटेर भावी सरकारका बारेमा कुराकानी भएको बताइएको छ ।  संसद पुनःस्थापना भएपछि नै चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुसँग भेटघाट गरेकी छिन् ।

बिहीबार उनले प्रधानमन्त्री ओलीसँग भेटघाटको समय मागेकी थिइन् तर ओली आफू निकटका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका कारण समय नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुसँग भेटघाट गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

मन्त्रालयमै पुगेर राजदूत यान्छीले गृहमन्त्री बादलसँग एकघण्टा कुराकानी गरेकी थिइन् । बादललाई भेट्नुअघि यान्छीले नेकपा स्थायी कमिटीका दुई सदस्यलाई भेटेकी थिइन् ।

चिनियाँहरुकै पहलमा नेता बामदेव गौतम पार्टी एकता पहलका लागि बाहिर बसेको आशंका गरिरहेका बेला बिहीबार यान्छी र गौतमको दौडधूपलाई सामान्य मान्न नसकिने नेकपा ओली समूहका एक नेताले बताए ।

नेपालको राजनीतिमा अस्थिर हुनेवित्तिकै उत्तर र दक्षिण-पश्चिमको चासो हुनेगरेपनि विशेष गरी भारतले धेरै चासो लिने गरेको छ । चीन भने जब्बरजस्त नेपालको राजनीतिसँग जोडिने गरेको कुटनीतिज्ञहरुको बुझाइ छ ।

शुक्रबार साँझ नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा भारतसँगको नेपालको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने मात्र नभइ भारतको भूमिका महत्वपूर्ण हुने औंल्याएका थिए ।

उनले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र आफूहरु मिल्दा भारतलाई कम्पर्टेबल हुने बताएका थिए । प्रचण्डले भने, ‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो’ चीनका लागि पनि उतिकै कम्फर्टेबल हुन आउँछ ।’

फेरि बढ्यो चिनियाँ राजदूतको दौडधूप, नेकपा एक बनाउने प्रयास

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ