arrow

विप्लव समूहसँगको दुई वर्षको प्रयास बल्ल सफल, दिउँसो २ बजे विप्लव र प्रधानमन्त्रीले मञ्च सेयर गर्दै 

दुई वर्षको अवधिमा ११ पटक विप्लव समूहसँग भेटेको पाण्डेको दाबी

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
kp-oli-biplav-biplop.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले विप्लव समूह मूलधारको राजनीतिमा आउनु खुशीको कुरा भएको बताएका छन् । वार्ता टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डेले २०७५ को मंसिरमा भृकुटीमण्डपमा प्रदर्शन गरेपछि भने वार्ताका लागि विप्लव समूहले इच्छा नदेखाएको बताए । उनलाई २०७५ साल भदौ ८ गते वार्ता टोलीको संयोजक बनाइएको थियो । 

द्धन्द्धरत असन्तुष्ट पक्षसँग वार्ता गरेकामा ३६ समूहसँग वार्ता गरेर ३४ समूहलाई सहमतिमा ल्याएको र सात समूहका हतियार त सरकारले लिएको पाण्डेले बताए । 

उनी सम्झदै भने, ‘दुई समूहमात्र विप्लव र सीके राउतको समूह वार्तामा आएनन् । पछि राउतको समूह पनि सहमतिमा आयो । त्यसपछि वार्ता टोलीको समय थपिएन ।’

तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे

उनले समय नथपिए पनि आफूहरुले अनौपचारिक रुपले धेरै पटक भेट र छलफल गरेको बताए । उनले माधवकुमार नेपालसमेतलाई पनि भेट गराएका थिए । 

नेपालगञ्ज, दाङ, लुम्बिनी, कपिलवस्तु, चितवन लगायतका स्थानमा दुई वर्षको अवधिमा वार्ता गर्न उनी गएका थिए । दुई वर्षको अवधिमा ११ पटक आफूहरुले विप्लव समूहसँग छलफल गरेको पाण्डेले बताए । 

प्रचण्ड–नेपाल समूहका नेकपाका नेता पाण्डेले विप्लव समूह अहिले मूलधारको राजनीतिमा आउन सहमत हुनुमा आफूहरुको योगदान पनि रहेको उल्लेख गरे । 

उनले बन्दुकको नालबाट ८० को दशकपछि सत्ता कब्जा गर्न नसकिने भन्दै सम्झाएको समेत बताए । गणतन्त्र बाहेक उत्तम विकल्प हुन नसक्ने भनेर आफूहरुले पटक पटक सम्झाएको उनले नेपाली रेडियो नेटवर्कसँग भनेका छन् ।  

अहिले त्यही सम्झेर विप्लव समूह सहमतिमा आएको दाबी पाण्डेको छ । उनले यो सरकारले राम्रो काम गरेको पनि बताएका छन् । 

विप्लवको नेपाल कम्युनिष्ट पार्टीको पनि कम्युनिष्टलाई यहाँसम्म ल्याउन ठूलो भूमिका रहेको भन्दै उनले विप्लव मूलधारमा आउनु खुशीको कुरा भएको बताए । 

विप्लव समूह र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएसँगै विप्लव समूह अब मूलधारको राजनीनिमा आउने भएको छ । हतियारको राजनीति त्यागेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको हो । 

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सार्वजनिक हुँदैछन् । 

उक्त कार्यक्रममा विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरी सम्झौता सार्वजनिक गर्ने कार्यक्रम छ । त्यही कार्यक्रममै ओली र विप्लवले सम्वोधन गर्ने कार्यक्रम छ । 

केपी ओलीको नयाँ सारथी अर्थात नेत्रविक्रम चन्द 'विप्लव'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ