arrow

काँटा चम्चा समाउने र टाइ लगाउने परराष्ट्रको तालिममा एकै दिनमा ५ लाख खर्च

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
foreign-affairs.jpg

काठमाडौं । गत शनिबार परराष्ट्र मन्त्रालयका कर्मचारीहरु धुलिखेलमा भेला भए । धुलिखेलको आगन्तुक होटलमा परराष्ट्रका करिब १ सय कर्मचारीहरु सहभागी थिए । उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा परराष्ट्र सचिव भरत पौडेल पनि उपस्थिति थिए । शाखा अधिकृत, उपसचिव तथा सहसचिव तहका कर्मचारीहरु पनि कार्यक्रममा सहभागी भएका थिए । उनीहरुकोलागि  दिवा भोज पनि गरिएको थियो ।

नेपालको विकासमा विदेशमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरुसँगको सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कार्यक्रम गर्न आगन्तुक होटल रोजिएको थियो । परराष्ट्र कर्मचारीहरुलाई विदेश भ्रमणमा गए के के गर्ने, कस्तो व्यबहार गर्ने, ड्रेस कस्तो लगाउने, कसरी खाना खाने, यहाँसम्म कि काटाँ चम्चा कसरी समाउने र चलाउने, लगायतका विषयमा तालिम दिन उक्त कार्यक्रम गरिएको परराष्ट्रका एक कर्मचारीलाई बताए । ती कर्मचारीले भने, ‘त्यो सँगसँगै परराष्ट्रका कर्मचारीहरुलाई रिर्फेस गर्नु पनि कार्यक्रमको अर्को उदेश्य हो ।’ ब्रेन ग्रेन सेण्टर (बिसिजि) लाई कसरी सक्रिय बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित भएको परराष्ट्र स्रोतको दावी छ । विदेशमा ख्याती कमाएका नेपालीहरु (ब्रेस्ट ग्रेन)सँगको सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रम गरिएको बताइएको छ । 

कार्यक्रममा सहभागी अधिकांश कर्मचारीहरुले यस्तो कार्यक्रम एक पटक मात्र गरेर नपुग्ने, पटक पटक गर्नुपर्ने सुझाव दिएका थिए । कर्मचारीहरुको सुझाव पछि रिफेर्स कार्यक्रम अब देखि महिनामा एक पटक गर्ने निष्कर्ष निकालिएको परराष्ट्र स्रोतको भनाइ छ । कार्यक्रममा पराष्ट्रमन्त्री ज्ञवाली र सचिव पौडेलले कर्मचारीहरुलाई विभिन्न पक्षमा निर्देशन गरेका थिए । स्रोतका अनुसार उक्त कार्यक्रम गर्न परराष्ट्र मन्त्रालयबाट ५ लाख भन्दा बढी खर्च भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ