arrow

पेरिसडाडामा नारायणकाजीको अन्तिम गनगन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
narayan-kaji-shrestha-maoist.jpg

काठमाडौँ। सर्वोच्च अदालतले नेकपालाई पूर्ववत् पार्टीमा फर्काए पछि पेरिसडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा नेकपाको अन्तिम अनौपचारिक बैठक बस्यो। बैठकमा एमालेका तथा माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा भएका सबैको उपस्थिति रहेको थियो। बैठकमा मुख्य नेतृत्व निकै गम्भीर देखिएको थियो। खास गरी प्रचण्ड र नेपालले पूर्ववत् पार्टीमा फर्कने भन्दा पनि वामपन्थी एकताको विषयमा चिन्ता प्रकट गरेका थिए।

बैठकको प्रारम्भमा नेताहरूले पालैपालो आफ्नो धारणा राख्दै गर्दा नारायणकाजी श्रेष्ठले बैठकलाई औपचारिकता दिन आग्रह गरे। उनले सर्वोच्च अदालतको फैसलाले बैठक नै नराख्नु भनेको छैन भन्दै औपचारिकता दिन आग्रह गरेपछि माधव नेपालले यो बैठक औपचारिक बस्न मिल्दैन भने। त्यसपछि श्रेष्ठ मान्यूट गर्नुपर्छ यो ऐतिहासिक मान्यूट हुनेछ भने। तर माधव नेपालले सर्वोच्च अदालतको फैसला भन्दा हाम्रो बैठकको मान्यूट ऐतिहासिक हुँदैन अदालतको फैसला मानेर जानुको विकल्प छैन भनेपछि पूर्व एमालेका स्थायी कमिटी सदस्यहरूले पनि त्यसको विरोध गरेका थिए। पूर्व एमालेहरूले विरोध गरेपछि श्रेष्ठले पार्टीको कामलाई पछि निरन्तरता दिन सहज हुन्छ भनेर मान्यूट गरौँ भन्ने जवाफ दिएका थिए।

बैठकमा एमालेका स्थायी कमिटी सदस्यहरूले वाम एकतामा जोड दिँदै पूर्ववत् पार्टीमा फर्केर अन्तर सङ्घर्ष जारी राख्ने निर्णय गरेका थिए। अघिल्लो दिन सर्वोच्च अदालतको निर्णय विरुद्ध श्रेष्ठले कडा टिप्पणी गरेको भन्ने विषयमा पनि उनको आलोचना गरिएको थियो।

‘दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाऊ भनेर नेपालको सर्वोच्च अदालतले भन्यो। दुनियाँले के भन्ला ? अझ मुख्य कुरा त ,यो राजनीतिक निर्णयको अर्थ ,सन्देश र परिणाम ज्यादै गम्भीर छ। सबै देशभक्त र कम्युनिस्ट शक्तिहरू सचेत होऔँ।’, पेरिसडाडाको बैठकपछि श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्। पार्टीभित्र महासचिवको दाबी गरिरहेका श्रेष्ठले प्रचण्ड नेपाल समूहमा आफ्नो बचश्व कायम गर्न निकै कोसिस गरेका थिए। त्यही कारण पनि उनले हिजोको बैठकमा मान्यूट गर्ने बैठकलाई औपचारिकता प्रदान गर्ने बताएका थिए।

त्यसअघि अर्याल होटेलमा पूर्व एमालेका स्थायी कमिटी सदस्यहरूको छलफल चलेको थियो। सो छलफलमा पूर्ववत् पार्टीमा फर्कँदा त्यही अन्तर सङ्घर्ष गर्दा बढी उपयुक्त हुने निष्कर्ष निकालिएको थियो।

पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनको ७० वर्षमा एउटा अपूर्व संयोग जुराए पनि सर्वोच्च अदालतले आइतबार यी दुवैको निर्णयलाई पूर्ववत् फर्काइदिएको थियो।

तीन वर्ष अघि नेपालका दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण गरेर यो संयोग जुराउँदा दक्षिण एसियाका राजनीतिक दल मात्र होइन विश्वको धेरै जनसङ्ख्या भएको मुलुक चीन समेत आश्चर्यचकित बनको अवस्थामा अहिलेको परिस्थिति निर्माण हुनुमा कहीँ न कहीँ अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल त भएको छैन भनेर प्रश्न उठेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ