arrow

पोखरा महानगरपालिकाको कार्यालयसहित सबै वडा कार्यालय बन्द

logo
हरि पन्त, 
प्रकाशित २०७७ फागुन २६ बुधबार
pokhara-metro-final.jpg

पोखरा । बुधबार पोखरा महानगरपालिका र यस मातहतका सबै वडा कार्यालयहरु बन्द हुने भएका छन् । महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बुधबार बिदा दिएको हो ।

महानगरपालिकाले एक सूचना प्रकाशित गरी मातहतका सबै कार्यालयहरु बुधबार बन्द रहने जनाएको छ । फागुन १९ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार फागुन २६ गते महागनरपालिका कार्यालय मातहतका कार्यालयहरुमा बिदा दिने निर्णय गरेको हो ।

सोही बमोजिम पोखरा महानगर स्थापना दिवसको अवसरमा महानगरले बिदा दिने निर्णय गरेको हो । महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार बुधबार पोखरा महानगरपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयहरु मात्रै बन्द हुनेछन् । 

पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरी मनाउने भएको छ । 

कर्मचारीहरु बिहान ८ बजे पोखरा महानगरपालिकाबाट शुरु हुने प्रभावफेरी र औपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।

पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको पाँच वर्ष पूरा भएको छ । २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो । फागुन २७ गते शिवरात्री परेकाले पोखरा महानगरले २६ गते दिवस मनाउन लागेको हो । 

महागनरले स्थापना दिवस त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । सोमबार जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीबीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता भएको थियो ।



नयाँ