arrow

३५ करोड लगानीमा झापाको झिलझिलेमा वाटर किङ्डम पार्क

५० जनालाई प्रत्यक्ष रोजगारी

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
water-park.jpg

झापा । झापाको झिलझिलेमा स्थापित वाटर किङडम पार्क सञ्चालनमा आएको छ । बुधवारदेखि सर्वसाधारणका लागि टिकट खुल्ला गरेर पार्क सञ्चालनमा आएको कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाले बताएका छन्  ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने आठ किसिमका  खेलहरू खेल्न सकिन्छ ।  पार्क सञ्चालक सङ्ग्रौलाका अनुसार पानीमा खेल्न सकिने खेल हरू अन्तरगत स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड रहेका छन्  । यी सबै खेल हरू बुधवार देखी एकैसाथ सञ्चालनमा आएका छन् ।

 बिशेषत बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षणका केन्द्रहरू हुन  । ज्येष्ठ नागरिकहरूका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ। युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा आएको  छ । यसले सबैको मन जित्ने  सञ्चालकको  भनाइ  छ ।

सञ्चालक सङ्ग्रौलाले पार्कभित्र भेज र नन भेजका फरक–फरक होटेल  हरू सञ्चालन गरेका छन् ।  आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरिएको सङ्ग्रौलाले बताए  ।
  साथै ‘एउटा भवनमा पार्टी प्यालेस  र  अर्को भवनमा आगन्तुक पाहुनाको लागि आवास सञ्चालन गरिने सञ्चालक सङ्ग्रौला बताउछ्न ।

 पर्यटनका लागि पूर्व घुम्न आउने पर्यटकहरूलाई शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइको गन्तव्य  बन्नेमा सङ्ग्रौला आशावादी  रहेका छन् । शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीय स्थलहरूमा  सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखाको नमुना संरचना  पार्कभित्रका वालहरूमा देख्न पाइन्छ।   विभिन्न समयमा भिन्न भिन्न  जातजातिका सांस्कृतिक झाँकीहरूका हस्तकलाद्वारा निर्मित चित्रहरू  पार्कभित्र आउने  सर्वसाधारणले सहजै देख्न सक्नेछन्।      

३५ करोड लागत  खर्चिएर निर्माण गरिएको यो वाटर  पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने समेत बताए ।
  यसका अलवा भारतका कालिम्पोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाउँ पनि प्याकेजमा घुमाउने योजना सङ्ग्रौलाले ल्याएका छन् ।

पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रूपमा उद्घाटन नभए पनि यति बेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ। विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाउँ वाटर किङडम पार्क रहेको शिवसताक्षी नगरका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शर्माले बताए ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटिक बनाउनेको सङ्ख्या यति बेला ह्वात्तै बढेको छ । सञ्चालक सङ्ग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन् । वाटर  पार्कमा जिप फ्लाइट र जिप साइक्लिङको खेल मनोरञ्जन भने  नेपालका लागि हाल सम्मकै नयाँ मनोरञ्जनात्मक खेल अन्तरगत रहेको सञ्चालकले बताए ।



नयाँ