arrow

सराङकोट मोटरसाइकल दुर्घटनामा माधव गिरीको मृत्यु

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
accident-1.jpg

पोखरा । पोखराको सराङकोट खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वत चुवाका ३२ वर्षका माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गिरीको पोखराको सहारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वरिष्ठ प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलले दिएको जानकारी अनुसार सराङकोट सडकखण्ड स्थित गुम्बा नजिकै मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

सो दुर्घटनामा मोटरसाइकलमा सवार ३२ वर्षकै गोविन्द गिरी घाइते भएको र उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गिरी गम्भीर घाइते छन् । प्रहरीका अनुसार ग१८प ४८१४ नम्बरको मोटरसाइकल उछिट्टिएर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ