arrow

अब डिसहोममा ‘मधेस प्लस’ च्यानल

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
dishhome-madhesh-plus.jpg

काठमाडौँ। डिसहोमले ‘मधेस प्लस’ च्यानलको प्रसारण सुरु गरेको छ। डिसहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ। उक्त च्यानलमा भोजपुरी, मैथिली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलि चलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ।

हरेक शुक्रवार राति ८ बजे मैथिली भाषाको समसामयिक परिवेशमा आधारित समसामयिक टेलि ऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ। उक्त सिरियल दर्शकले अत्यधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिया आएको डिसहोमले जनाएको छ। प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’ मार्फत डिसहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम  प्रसारणको  तयारी गरिरहेको छ। दर्शकले हरेक शनिवार दिउँसो १: ०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन्। यस्तै दैनिक ८ सो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ। यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत सङ्गीत, टेलि चलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्ने तयारी डिसहोमको छ।

लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिसहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरू सञ्चालन गर्दै आएको छ। डिसहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण हुने रमाइलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरूको लागी राईम्स र जुरिएन टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली, हिन्दी र अङ्ग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुनिजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘धेस प्लस’ च्यानल सञ्चालनमा ल्याएको हो।

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ। साथमा भोजपुरी, मैथिली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरूले उपलब्ध गराएको गीतहरू समेत यस च्यानलमा प्रसारण गरिने छ। जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पुर्‍याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिसहोमले लिएको छ।

आगामी दिनहरूमा पनि डिसहोमको ग्राहकहरूको मनोरञ्जनका लागी भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरू थप गर्दै लाने उद्देश्ये लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ