arrow

एक दशक पुरा गर्दै डिसहोमको 'प्लसमुभि' च्यानल

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
dishhome-plus-,movie.jpg

काठमाडौँ। टेलिभिजनमा नेपाली चलचित्रहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सुरु गरेको ‘प्लस मुभि’ च्यानलले एक दशक पुरा गरेको छ।

डिसहोममा ‘मुभि अन डिमान्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लस मुभि’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ। दैनिक ८ सो नेपाली चलचित्रहरू प्रसारण गरिरहेको यो च्यानल डिसहोमका दर्शक हरू माझ अत्यन्त लोकप्रिय छ।

नयाँ पुराना तथा सबै विधाका नेपाली चलचित्रहरू प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिसहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ। यस च्यानल मार्फत दूर दराजका दर्शकहरूले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन्।

‘प्लस मूभि’ सँगै डिसहोमले रमाइलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभी, गुञ्जन, सिनेहिट्स, कमेडी प्लस, डी मुभिज, जुनियर, राईम्स्, डी म्युजिक, नेपाः, मधेस प्लसजस्ता आफ्नै च्यानलहरू पनि प्रसारण गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ