arrow

बनारसी बर्मा स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ चैत ९ सोमबार
banarasi-varma.JPG

कपिलवस्तु । मधेसी पत्रकार समाज कपिलवस्तु शाखाद्वारा  पत्रकार स्वर्गीय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका-१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेसी पत्रकार समाज जिल्ला शाखाले अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषको लागि मधेसी पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् । सोही क्रममा मधेस मानव अधिकार गृहका अध्यक्ष रवीन्द्र नाथ ठाकुरले १० हजार १ सय, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारीले ५ हजार एक सय, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष भेषराज पाण्डेले रेडियो बुद्ध आवाजबाट ५ हजार एक सय  सहयोग गरेका छन् ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमालले ५ हजार एक सय, रेडियो तिलौराकोटका अध्यक्ष अनिल तिवारीले ५ हजार एक सय र निल खबरकार सुरेश कुमार पाण्डेले ५ हजार एक सय सहयोग गरेका छन् ।

यो अक्षयकोष स्थापना गर्न १० लाखको लक्ष्य लिएको समाजका अध्यक्ष मिश्रले बताए । सो रकमको प्राप्त व्याजबाट प्रत्येक वर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए ।

 मधेसी पत्रकार समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका बर्मा  विगत ३ दशक देखि पत्रकारिता पेशामा अबद्ध रहेका थिए । उनी नेपाल टेलिभिजनमा विगत २ दशक देखि कार्यरत रहेका थिए । उनले मधेसी युवाहरुको हक अधिकारका संरक्षण तथा पत्रकारितामा अकार्षित गराउन अग्रणी भूमिका निर्वाह गरिरहेका थिए । उनको निधन गत भाद्र २२ गते भएको हो ।

मधेसी पत्रकार समाजले आयोजना गरेको पत्रकार भेला तथा सम्मान कार्यक्रममा अक्षयकोष स्थापना गरेको हो । समाजले ५ जनालाई सम्मान समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ