arrow

ब्रह्मदत्तको पालाका यी अनौठा चोर

सीलवीमंस जातक

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
king4.jpg

बारणाशीमा ब्रह्मदत्तले राज्य गरिरहेका थिए । एक दिन उनका पुरोहितले आफ्नो शीलको परीक्षा गर्नु पर्‍यो भनी एक जना सराफीको पसलबाट दुई दिनसम्म एक एक वटा कार्षापण (मुद्रा)  लिए । तेस्रो दिनमा उनलाई 'चोर' भनेर समातेर राजाकहाँ लगियो । यसरी लागिरहेका बाटामा उनले सपेराले सर्प नचाइरहेको देखे।

पुरोहितलाई राजाले किन त्यसो गरेको हो भनी सोधे । आफ्नो शीलको परीक्षा गर्नको लागि त्यसो गरेको हो भनी ब्राह्मणले गाथाहरू भने-

सील किरेव कल्याण मौलं लोके अनुत्तरं ।
पस्सा घोरविसो नापो सीलवाति नाहुञ्‍ञति।।

शील नै कल्याण छ र शील नै यो लोकमा सर्वोत्तम छ । हरे, शीलवान् भनी घोर विषालु सर्पले पनि डस्दैन ।
सोहं सीलं समादिस्सं लोके अनुमतं सिवं !
अरियवृत्ति समाचारो येन बुच्चति सीलवा ।।

यो लोकमा जुन कल्याणकार शील सम्मत छ, त्यो शील अब म पालना गर्नेछु । आर्य वृत्ति र सदाचार हुनेलाई शीलवान् भनिन्छ ।   त्यस्ता शीलवान्हरूलाई जातिहरूलाई प्रेम गर्छन् र मित्रहरूको बिच पनि तेजिलो हुन्छ । जो मृत्युपछि सुगतिमा पनि उत्पन्न हुन्छ ।

यसरी बोधिसत्त्वले तीन वटा गाथाद्वारा शीलको प्रकाश पार्दै धर्मोपदेश गरे । अनि भने- महाराज मेरो घरमा बुबाको तर्फबाट आमाको तर्फबाट र मैलै आफैले कमाएको तथा तपाईँको तर्फबाट पाएको धेरै धन सम्पत्ति छ । त्यसको परिणाम देखिन्न शीलको परीक्षा गर्न मैले यस लोकको जति गोत्र कुल प्रदेशहरूको निकृष्टता र शीलको उत्कृष्टतालाई पनि बुझे ।  अब म प्रव्रजित हुन चाहन्छु  मलाई प्रव्रजित हुने अनुमति  दिनुहोस्।'

 यति भनेर राजाबाट अनुमति लिई राजाले बारम्बार प्रार्थना गर्दा पनि निष्क्रमण गरी हिमालयमा गई ऋषि भेष लिई प्रव्रजित भई समापत्तिहरु लाभ गरी ब्रह्मलोक परायण भएर गए । आनन्दभूमिबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ