arrow

मनकारी दाउतले दिए विद्यार्थीलाई पोशाक

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
daut-posak.JPG

पुनर्वास । कञ्चनपुरको पुनर्वासका मनकारी युवा व्यवसायी तथा समाजसेवी दाउत तामाङले अरनिको आधारभूत विद्यालयका विद्यार्थीलाई आज एक कार्यक्रमका बीच  पोशाक वितरण गरेका छन् ।

विहिवार  कञ्चनपुरको पुनर्वास नगरपालिका २ अरनिबस्तीमा रहेको श्री अरनिको आधारभूत विद्यालयमा अध्ययन गरिरहेका १ सय ५० जना छात्र छात्राका लागि टाई  बेल्ट र एकथान ड्रमसेट उपलब्ध गराएका हुन ।

सरकारी विद्यालय प्रति विद्यार्थीको आकर्षण बढाउन प्रोत्साहित गर्न पोसाक वितरण गरेको मनकारी युवा दाउतले बताए ।
दाउत अरनिको आधारभूत   विद्यालयको  व्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।

उनी जिल्लाकै सफल युवा निर्माण व्यवसायी सँग सँगै अरनिको युवा क्लबका अध्यक्ष समेत रही समाजसेवाका विभिन्न क्रियाकलापमा सक्रिय रहँदै आएका छन् ।

उनले विभिन्न समयमा विद्यालयलाई सहयोग गर्दै आएका छन् । विद्यार्थीलाई अनुशासित बनाउन र पोशाकमा एकरूपता ल्याउन आफ्नै लगानीमा  विद्यालयलाई  पोसाक वितरण गरेको  उनी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ