arrow

संघीयताले सुक्यो सदरमुकाम

logo
जनक शाही,
प्रकाशित २०७७ चैत १७ मंगलबार
District-61-Humlat-hamrakura.jpg.jpeg

हुम्ला । स्थानीय सरकार बनेपछि हुम्ला जिल्ला सदरमुकाम सिमकोटकोे चहलपहल शून्य बन्दै गएको छ । नगरपालिकाविहीन सात गाउँपालिका रहेको हुम्लामा राज्य पुनःसंरचना अनुसार गाउँघरमै स्थानीय सरकार बनेपछि दैनिक घुइचो लाग्ने सदरमुकाम सिमकोटको चहलपहल घट्दै गएको हो । 

जिल्ला केन्द्रित अधिकार स्थानीय तहमा गएसँगै सर्वसाधारणको आवतजावतमा कमी हुन थालेपछि सदरमुकाममा चहलपहल घट्दै गएको हो । सदरमुकामको चहलपहल घट्न थालेपछि सदरमुकामको आर्थिक गतिविधिमा ठूलो असर परेको छ । 

देशमा संघीयता लागू भएसंगै नेपाली नागरिकता प्रमाण पत्र र फौजदारी कानून सम्बन्धी काम बाहेक अन्य सबै काम गाउँमै हुने भएपछि भीडभाड मच्चिने हुम्ला सदरमुकाम सिमकोटका धेरै बजार र चोकहरु सुनसान बन्दै गएका छन् ।

‘पहिला जेकाम पर्दा पनि सदरमुकाममा आउनु पथ्र्यो अहिले सबै सरकारी काम गाउँ मै हुन थालेपछि धेरै मानिसहरु गाउँबाट सदरमुकाम नआउँदा सदरमुकामका हुने ५० प्रतिशत चहलपहल घटेको र स्थानीय सरकार बनेपछि त्यसको प्रत्यक्ष असर सदरमुकामका व्यवसायीमा परेको छ’, सिमकोट बजारको काली चोकमा पसल ब्यवसाय गर्दै आएका पानस सपिङ सेन्टरका सरोज रावतले बताए । 

स्थानीय तहले कर्मचारी, सर्वसाधारणको सदरमुकाम आउने संख्या घटेसँगै कतिपय होटल व्यवसायीहरु विस्थापित हुँदै गएका छन् ।

स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालयसँगै बजार विस्तारले गर्दा पहिला भन्दा अहिले ग्राहकहरुको आवतजावत पूरै घटेको छ । कतिपय होटल व्यवसायीहरु विस्थापित गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

प्रत्येक होटलले मासिक २०–२५ जना कर्मचारीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँका दरले खाना खुवाइरहेका होटल व्यवसायलाई स्थानीय तहको संरचनासँगै कर्मचारी सबै गाउँ गएपछि व्यवसाय कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको होटेल व्यवसायी संघ हुम्ला अध्यक्ष मिम लामाले बताए । 

नियमित रुपमा सरकारी कार्यालय निजामती कर्मचारीहरु गाउँ गाउँमा स्थापना भएका विषयगत कार्यालयमा गएपछि कतिपय होटल व्यवसायीहरुको ग्राहक पनि आउन छाडेको लामाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ