arrow

डिसहोमको नयाँ “खुसीको उडान” योजनामा बैंकक जाने मौका

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
dish-home-khusiko-bangkok.jpg

काठमाडौँ। डिसहोमले नेपालीहरूको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै “खुसीको उडान” योजना सुरु गरेको छ। आफ्ना सक्रिय ग्राहकहरूलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको कम्पनीले जनाएको छ। यस योजनाले हरेक सक्रिय ग्राहकहरूलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्नेछ।

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरूले बैंककको भ्रमण गर्न सक्नेछन्। लक्की ड्रमा सहभागिता जनाउनलाई  ग्राहकहरूले आफ्नो सदस्यतालाई डिसहोमका डिलरहरू मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्ने कम्पनीले जनाएको छ।

साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन्। लक्की ड्र को घोषणा हरेक बिहीबार हुनेछ। 

लक्की ड्रको विजेताहरूको घोषणा ग्राहकहरूको सेट अप बक्समा भएको क्यास आइडीको आधारमा गरिने छ। लक्की ड्रको सुरुवात चैत २६, २०७७ देखि सुरु हुने छ भने डिसहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिसहोम सोकेस च्यानलहरूमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण समेत गरिने छ। 

सक्रिय ग्राहकहरूले आफ्नो नजिकैको डिसहोम डिलर वा डिसहोम ग्राहक सेवा केन्द्रे मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ