- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका छन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताएका हुन् ।
नेपाली कांग्रेसले शुक्रबार ओलीलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो । कार्यक्रममा ओलीले नेकपा (माओवादी केन्द्र) लाई आफूलाई दिएको समर्थन फिर्ता लिन पनि भनेका छन् ।
राजीनामा मागेको विषयलाई लिएर उनले भने, ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागेपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ।’
उनले अघि थपे,‘ए बाबा, हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’ ओलीले विकास निर्माणको समाचारले प्राथमिकता नपाएकोमा असन्तुष्टि जनाए ।