arrow

ओली गठबन्धनका उम्मेदवार हराउँदै झापामा गिरि विजयी

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत २६ बिहिबार
ekraj-giri.jpg

गौरादह । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । बिहीबार  बिहान सम्पन्न मतगणना अनुसार प्रेस युनियन, प्रेस सङ्गठन र मिडिया नेपाल बिचको गठबन्धनका साझा उम्मेदवार गिरीले अत्यधिक मतसहित विजय प्राप्त गरेका छन्   ।

पदाधिकारीहरुमा पनि गिरीकै  प्यानल विजयी भएका छन्  साथै  सदस्यहरूमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् ।  नयाँ नेतृत्व चयनका लागी बुधवार  भएको मतदानमा शाखाका २६३ सदस्य मध्ये २५६ जना पत्रकारहरू मतदान कार्यक्रममा सहभागी भएका थिए  ।
 
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १५५ मत प्राप्त गर्दा  भने केपी ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेदवार विशाल नेम्बाङले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार तीर्थ सिग्देलले २६ मत प्राप्त गरे ।

त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरी  विजयी हुँदा नेम्बाङको प्यानलबाट उपाध्यक्षका उम्मेदवार गोपाल झापालीले ९६ मत प्राप्त गरे , त्यसै गरी  उपाध्यक्षका अर्का उम्मेदवार हिमाल चन्द्र खरेलले २६ मत प्राप्त गरे  ।

महिला उपाध्यक्षमा गिरीकै प्यानलकी सुशीला सङ्ग्रौलाले १४० मत प्राप्त गरी निर्वाचित हुँदा नेम्बाङ  प्यानलकी सावित्री दाहाल भट्टराईले १०७ मत प्राप्त गरिन ।
सचिवमा गिरी प्यानलकै डिकेश लामाले १२८ मत प्राप्त गरी विजयी हुँदा सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत प्राप्त गरे  त्यसै गरी  प्रेम कुमार आचार्यले २५ मत प्राप्त गर्न सफल भए  ।

खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा नेम्बाङ प्यानलका विनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गरे  । त्यसै गरी समावेशी सह- सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १७२ मत ल्याई विजयी बन्दा नेम्बाङ  प्यानलका देशराज नेम्बाङले ७३ मत मात्रै प्राप्त गरे  ।  कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जित प्रसाईँ १३३ मत प्राप्त गरी विजयी बन्दा नेम्बाङ प्यानलका रमेश तिवारीले ११५ मत प्राप्त गर्न सफल भए ।

सदस्यहरूमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जीवी घिमिरे, मनीषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित बन्न सफल भएका छन् ।  नेम्बाङको प्यानल बाट राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले, र सुनिरा मैनाली निर्वाचित भएका छ्न  ।

त्यसै गरी निर्विरोध निर्वाचित तर्फ महिला सदस्यमा जे सी स्वस्तिका आचार्य ,समावेशी ( मधेसी )सदस्य तर्फ सन्तोष सर्मा ,प्रदेश परिसद ( समावेशी )तर्फ अनुषा चुँडाल , आत्माराम राजवंशी ,पुष्कर चन्द्र राजवंशी , प्रदीप परियार ,मनकुमार गदाल ,सन्तोष अग्रवाल ,प्रदेश परिसद सदस्य तर्फ ईश्वर अधिकारी ,उत्तम नेपाल ,उमानाथ भण्डारी ,टीका राम उप्रेती,डिल्ली राम घोसाइ , तुलसी प्र. निरौला ,राजकुमार ओली ,राजु पौडेल ,रोहित काफ्ले ,वेणु प्र.अधिकारी ,सागर गौतम ,केन्द्रीय परिसद सदस्य तर्फ भिमा कुमारी सिवाकोटी ,रोजिना गौतम  , त्यसै गरी केन्द्रीय परिसद जनजाति सदस्य तर्फ दिपिन राई निर्विरोध निर्वाचित भएका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ