arrow

ओलीका चार मन्त्रीको गयो पद

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
KP-OLI-SIR_1617875794.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट मन्त्री बने चार जनाको सांसद पद गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीको संसद पद गएको हो ।

सांसद पद गएसँगै उनीहरूको मन्त्री पदसमेत समाप्त भएको छ । प्रधानमन्त्रीले उनीहरूलाई पुनर्नियुक्ति नदिए उनीहरू मन्त्री पदमा रहने छैनन् ।

योसँगै माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराए ।

 उनीहरू राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ