arrow

ओलीको धम्की: बहुमतबाट हटाउन मन भए फिर्ता लिएहुन्छ, चाहिएको छैन समर्थन 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
KP-olii.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्केलाबाट सत्ता प्राप्ति गर्ने पक्षमा नरहेको बताउँदै संसदीय प्रक्रिया अपनाएर सरकार फेर्न विपक्षीहरुलाई चुनौति दिएका छन् ।

पार्टी निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको वृहत राष्ट्रिय भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

माधव नेपाल र प्रचण्डले सबैसँग मिल्ने तर नेकपा एमालेसँग नमिल्ने नीति लिएर हिँडेको पनि उनले बताए । कुखुरा जस्तै फरक रंग भएपनि सबै विपक्षीको एउटै उद्देश्य एमाले विरुद्ध रहेको पनि उनले बताए ।

ओेलीले प्रचण्डले विगतमा जनतालाई अनन्त पीडाको भारी बोकाएर अहिले पनि जनता अलमल्याउन खोजीरहेको समेत आरोप लगाए । ‘मैंले आफ्नालाई छोडेर गल्ती गरेछु भन्न थालिएको छ । दुई तिहाईको आफ्नै सरकारलाई ढालेर कांग्रेसकहाँ बिन्तीपत्र लिएर जाँदा आफ्ना छोडियोकी छोडिएन ?अन्त गइयो कि गइएन ?’, प्रधानमन्त्रीको प्रश्न थियो ।

ओलीले पार्टीकै नाममा समानान्तर गतिविधि जारी रहेको उल्लेख गर्दै निश्चित सीमासम्म मात्र सहन गर्न सकिने बताए । 
माधव नेपाल अहिले पनि एमालेका नेताहरुलाई धमाधम निष्कासन गर्ने र कतिपयलाई चुनावमा टिकट पक्का भन्दै हिडनुभएको उनले उल्लेख गरे । ‘माधव नेपालले बसपार्कमा जस्तै टिकट त बाँडनुहोला, तर सांसद बनाउन एक जनालाई पनि सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’ओलीको भनाइ थियो ।

आफूलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने माधव नेपाल पक्षलाई अहिले पनि सदस्य कायमै राखेर पार्टीमा फर्किने अवसर दिएको बताउँदै उनले समूहको रुपमा भने कुनै व्यवहार नगर्ने बताए ।

विगत तीन वर्षमा सरकारले असाधारण ढंगले काम गरेको बताउँदै उनले विकास निर्माणका कामहरु व्यापक रुपमा भएको समेत उल्लेख गरे ।

कम्युनिष्ट आन्दोलनले सँधै असमानता र भेदभाव अन्त्य गर्न आवाज उठाएका र जात, वर्ग, लैंगिकलगायतका कुनै पनि आधारमा गरिने भेदभाव सहन नसकिने भनाइपनि प्रधानमन्त्रीको थियो । कार्यक्रममा उनले सामाजिक विभेद विरुद्ध जनचेतना जगाउन उल्लेख्य रुपमा योगदानबापत नेता एवं साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान समेत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ