arrow

नेपाल प्रवेश गर्ने मानिसलाई परिचयपत्र देखाउनुपर्ने व्यवस्था राखौं : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
KP oli5.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् । 

मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षा सम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

खुला सीमाबाट प्रवेश गर्ने हरकोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदाजाँदा नपर्ने < किन परिचयपत्र बोकेर किन हिडन सक्दैन मान्छे ?’, उनको प्रश्न थियो ।

हाम्रो सुरक्षालाई ध्यानदिने हो भने देश भित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै ओलीले भने, ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ < हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र < विगतमा भुटानसँग थियो र <। यसमा कसैले के भन्छकी भन्नु नपर्ने भनाई पनि ओलीको थियो । 

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन्  भन्नेमा सतर्क हुनुपर्ने विचार उनले विचार राखे ।

अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि उनले बताए । ‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो’ प्रधानमन्त्रीको भनाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ