arrow

अमेरिकामा नेपाली भाषा सिकाउँदै प्राप्ती , टिकटकमा भइन भाइरल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
prapti.jpg

काठमाडौं । पछिल्लो समय बिदेशिएका नेपालीहरुमा पनि नेपाली भाषालाई लिएर मोह बढ्दो छ । उनीहरु आफ्नो बालबच्चाले नेपाली प्रष्टसँग बोलोस् भन्ने चाहन्छ्न् ।

यस्तै अमेरिका मै जन्मिएर हुर्किएकी एक बालिकाले पनि अनलाइनमार्फत नेपाली पढ्न र लेख्न सिकाउने गरेकी छिन् । प्राप्ती नाम गरेकी बालिकाले अमेरिकाको न्यूजर्सीमा बसेर बालबालिकालाई पढ्न र लेख्न सिकाउन सजिलो हुने गरी एक युट्युब ‘प्राप्ती एन्ड ओपल’ च्यानल खोलेकी छिन् ।

उतै जन्मेकी प्राप्तिले नेपाली कक्षा लिँदै बिस्तारै नेपाली सिक्ने भन्दै पहिला १० वटा अक्षरहरू सिकाएको भिडियोमा देखिन्छ । यो भिडियोको पहिलो भाग हो।

उनले आफ्नो च्यानलमा नेपाली भाषा सरल रुपमा सिकाउनुका साथ साथै उत्प्रेरणा पनि दिइरहेकी छिन् । निकै राम्रो नेपाली भाषा बोल्न सक्ने उनले नेपाली समुदायलाई निकै लाभदायक हुने भिडियो बनाएकी छिन् । 

साथै प्राप्तीले नेपाली सिकाएको भिडियो टिकटकमा पनि भाइरल भइरहेका छन् । उनको उक्त भिडियोलाई टिकटकमा करोड पटक भन्दा बढी हेरिएको छ भने हजारौं शेयर भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ