arrow

हत्या गरी मानव शरीरका अङ्ग बेचविखन गर्ने गिरोह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
giroha.jpg

कपिलवस्तु । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने सङ्गठित गिरोहका ६ जना पक्राउ परेका छन् ।

मानिसको औलाहरू ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपूर्ण हल्ला विश्वास गरी सङ्गठित गिरोहले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती बस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएका छ ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोदन गाउँपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरू काटी शव बोरामा राखी बेतिया नदीमा फालेका थिए ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं २ नन्द नगर बस्ने ३९ वर्षीय अब्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं ५का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का वर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साबिक तम्सरिया गाविस वार्ड नं २ हाल मध्य विन्दु नगरपालिका ७ का ६७ वर्षीय खेम बहादुर मल्ल रहेका छन् । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ