- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ११ अरब २५ करोडको सौर्य मेघा परियोजना वाणगगा नगरपालिको वडा नम्बर ७ मा बन्ने भएपछि सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो ।
चीन सरकारको प्यारामेन्ट, कम्पनी राइजेन इनर्जी लिमिटेडले बनाउन लागेको सो परियोजनामा बिहीबार नगरपालिकाको कार्यालयमा दुई पक्षीय रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर गर्न चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र नेपालका प्रतिनिधि राइजोन प्रतिनिधि छविलाल सिटौला र नगरपालिकाको तर्फबाट मेयर मङ्गल थारुले हस्ताक्षर गरेका छन् । । सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावाट सौर्य विद्यूत उत्पादन हुने छ २० मेगावाट स्टोरेज क्षमताले बाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ ।
यो योजना बढीमा ३ बर्सभित्र बनाएर सकिने छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसँगको सम्झौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताए ।
सो परियोजना वडा नम्बर ७ को खारखानी पार्क र पिकनिक स्पट नजिक बन्ने भएपछि वडा बासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताए । नगर प्रमुख मङ्गल प्रसाद थारुले यो नगरको लागि सबैभन्दा ठुलो उपलब्धि भएको दाबी गरे ।
२०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।