arrow

महाराजगन्ज नगरपालिका एक साताको लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
maharajgunj-nagarpalika.jpg

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण बढी रहेकोले रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरूमा समेत कोरोना सङ्क्रमण पुष्टि भएकोले बन्द नगरपालिका बन्द गरिएको हो । महाराजगन्ज नगर कार्यपालिकाको बिहीबार बैठकले वैशाख १० गते देखि वैशाख १७ गते बन्द रहने सूचना प्रकाशित गरेको छ ।

नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाहरू बाहेक नगरपालिकाको अन्य सेवाहरू बन्द रहने महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाका सबै वडा कार्यालयहरू र सबै स्वास्थ्य संस्थाहरू भने यथावत् रूपमा सञ्चालन हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ