arrow

पानी तान्ने मोटरबाट करेन्ट लिक, एक किशोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ११ शनिबार
current-socked.png

दमक। झापाको दमक नगरपालिकामा पानी तान्ने मोटरबाट करेन्ट लिक भई वडा न २ त्रिवेणी टोलकी एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार दमक-२ त्रिवेणी टोलकी १५ बर्सिया सविना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रवार बेलुका तीन बजे आफ्नै घरको ट्युबवेलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको दमक स्थित एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



नयाँ