arrow

कमला ह्यारिसकी बहिनीसँगै जीपी कोइराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्षले मञ्च साझेदारी गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
south-asian-americans.jpg

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अमेरिकी च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी बहिनी माया ह्यारिस लगायत दक्षिण एसियाली अमेरिकी प्रतिष्ठित व्यक्तित्वहरुसॅंग मञ्च साझेदारी गर्ने भएका छन् । 

घिमिरेले भर्चुअल मिटिङमा आगामी मे ६ तारिखमा न्यूयोर्कको रातिको ८ बजे (नेपालमा ७ तारिख बिहान ५ः४५) वक्ताको रुपमा आफूलाई प्रस्तुत गर्न लागेका हुन् । 

अध्यक्ष घिमिरेले नया विचारहरु सुन्नलाई फुर्सद भएमा जोडिन आग्रह गरेका छन् । अध्यक्ष घिमिरेले बाइडेन–ह्यारिस २०२० को चुनावी अभियानमा न्यूयोर्कको क्याम्पेन अर्गनाइजर भएर काम गरेका थिए । 

घिमिरे अमेरिकामा रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका छन् । पछिल्लो समय कोभिडले अप्ठेरोमा रहेका नेपालीहरुको सहयोगका लागि अमेरिकी निकायसंग समन्वय गरेर काम गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ