arrow

कास्कीमा बैशाख मसान्तसम्म कडा निषेधाज्ञा, सवारी साधन चलाउन नपाइने

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख १९ आइतबार
pokhara-1.jpg

पोखरा । कास्कीमा निषेधाज्ञाको समय थप गरिएको छ । यसअघि एक साता गरिएको निषेधाज्ञाको समयसीमा बढाएर बैशाख मसान्तसम्म पुर्याइएको छ । 

आइतबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक पश्चात् जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको समय थप गरेको जनाएको छ । 

यसअघिको निषेधाज्ञामा जोर विजोर प्रणालीमा सवारी साधन चलाउन पाइए पनि अबको निषेधाज्ञामा नपाइने प्रशासनले जनाएको छ । 

साथै यसअघि बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन भएका खाद्यान्न तथा किराना पसलहरु अबदेखि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र पाइने भएको छ । 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुने, पत्रकारहरुले सूचना विभाग तथा नेपाल पत्रकार महासंघको परिचय पत्रवाहकलाई छुट दिने र अत्यावश्यक सबै सवारीलाई सञ्चालन गर्न दिइने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ