arrow

कास्कीमा मंगलवार एकै पटकमा १ सय ४४ जना कोरोना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
Kaski_District.png

पोखरा । कास्कीमा मंगलवार एकै पटकमा १४४ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलवार मध्यान्ह १२:५० बजे यो जानकारी दिएको हो । 

कास्कीका १४४ जना संक्रमितमध्ये ६३ जना अन्नपूर्ण गाउँपालिकाका हुन् भने बाँकी ८१ जना पोखरा महानगरपालिकाका हुन् । यी सबैको परीक्षण पोखराको न्यूरोडस्थित लाइफ केयरमा गरिएको हो । 

योसहित कास्कीमा कूल कोरोना संक्रमितको संख्या १० हजार २८० जना पुगेका छन् । जसमा ८६ सय ९१ जना निको भएका छन् । पोखरामा सोमबार साँझसम्मको तथ्यांक अनुसार १३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बागलुङमा एक, लमजुङमा एक, स्याङ्जामा चार र तनहूँमा ११ जना संक्रमित मंगलवारै भेटिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ