arrow

बुद्धका यी सात नियम सुनेर अजात शत्रुले त्यागे आक्रमणको विचार

राज्यको उन्नतिका लागि बुद्धका सात नियम

logo
व. आ. कनकद्वीप.
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
gautam-buddha1.jpg

बुद्ध भगवान् राजगृहको गृध्रकूट पर्वतमा रही रहनुभएको थियो। त्यसबेला  मगध का राजा अजात शत्रु बज्जिहरूको राज्यमा हमला गर्ने विचारमा थिए । यस विषयमा भगवान् बुद्धको राय जान्नको निमित्त राजा अजात शत्रुले आफ्नो मन्त्री वस्तकार ब्राह्मणलाई गृध्रकूटमा  पठाए । 

त्यस वस्सकार ब्राह्मणले अजात शत्रुको विचार बुद्धलाई निवेदन गर्‍यो । त्यस समय आनन्द भिक्षु पनि त्यहाँ उपस्थित थिए । 

अनि भगवान् बुद्धले आनन्द भिक्षुसँग सोधे- 'आनन्द, के तिमीले बज्जिहरू बराबर सभा गरेर जनमतको लागि एकत्रित हुन्छन् भन्ने कुरा सुनेका छौ ?' आनन्द-'ज्यू भन्ते (भदन्त), मैले पनि बज्जिहरू आफ्नो समुदायमा त्यस्तै गर्छन् भन्ने कुरो सुनेको छु ।

 बुद्ध- 'के बज्जिहरू सबै एकै ठाउँमा भेला हुन्छन्, सबै एकै साथ उठ्छन् र एक साथ काम गर्छन् ? आनन्द- 'हो भन्ते त्यस्तै गर्छन् ।

 बुद्ध- 'बज्जिहरू आफूले नगरेको काम हामीले नै  गरेका हौँ भन्दछन्, कि भन्दैनन् ? अथवा फेरि आफैले बनाएको विधान आफै मान्न छोड्छन् ? आनन्द-ज्यू भन्ते, बज्जिहरू विधान अनुसार नै चल्छन् ।।'

बुद्ध- ' के बज्जिहरू वृद्ध राजनीतिज्ञहरूलाई सम्मान  गर्छन् र उनीहरूको सल्लाह मान्छन्
?आनन्द- 'ज्यू भन्ते ! वज्जिहरू बूढा राजनीतिज्ञहरू- लाई औधी मान्छन् र सल्लाह अनुसार चल्छन् ।

बुद्ध- ' उनीहरू आफ्नो राज्यका विवाहित अविवाहिता महिलाहरूलाई अत्याचार त गर्दैनन् ? 
 आनन्द- 'बज्जिहरूको राज्यमा महिलाहरूलाई बलात्कार  गरेको कुरा मैले कहिल्यै सुनेको पनि छैन । '

बुद्ध- 'बज्जिहरू आफ्नो नगर र नगर बाहिरको देवस्थल हरू संरक्षण गर्छन् कि गर्दैनन् ?'
आनन्द- 'उनीहरूले देवस्थलहरूलाई रक्षा गरिरहन्छन् ।

बुद्ध- 'आफ्नो राज्यमा आएका अर्हन्तहरू सुखसँग रहेको छ वा छैन अनि नआएका अर्हन्तहरूलाई आउने प्रोत्साहन दिने कुराहरूमा विचार राखेका छन् वा छैनन् ?' आनन्द- 'बज्जिहरुले अर्हन्तहरूको लागि सबै किसिमको प्रबन्ध गरेका छन्, भन्ते !'

त्यस पछि भगवान् बुद्धले वस्सकार ब्राह्मणलाई सम्बोधन गरेर भन्नु हुन्छ- 'हे ब्राह्मण, एकपल्ट वैशालीमा रहँदा मैले राज्यको उन्नतिको लागि यो सात वटा नियमहरू बताएको थिएँ । जबसम्म बज्जिहरुले उक्त  नियमहरू पालन गर्दै रहन्छन् तबसम्म उनीहरूको विनाश असम्भव छ ।'

वस्सकार ब्राह्मणले बुद्धका यी उपदेशहरूलाई सहर्ष अनुमोदन गरे ।

उपरोक्त सात नियमहरू बुद्ध घोषले लेखेका अन्त कथामा उल्लिखित छन् जसमध्ये बज्जिहरुको निष्पक्ष विधानहरूको समेत विवरण दिइएको छ । फेरि पनि बज्जिगणराज्य त्यस बेलासम्म सफल रह्यो जुन बेलासम्म भगवान् बुद्धका उपदेशहरूप्रति उनीहरू संलग्न रहन सक्यो । यो तथ्य बौद्ध वाङमयमा उल्लिखित रहेको छ । आनन्दभूमिबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ