arrow

गरिब दुखीहरूको सहयात्री बन्दै ९ बर्षीया बालिका प्रेन्शा

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
pransha.jpg

झापा । पछिल्लो समय दोस्रो चरणको विश्वव्यापी कोभिड-१९ को महामारीले देश आक्रान्त बन्दै छ । कोभिड १९ बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या देशमा दिनहुँ बढ्दै छ । हिजो मङ्गलवार मात्र देश भर ५५ जनाले ज्यान गुमाएका छन् । जिल्ला जिल्लामा सङ्क्रमितहरू दिनानुदिन बढ्ने क्रम जारी छ ।

कोरोनाको यो महामारीबाट बच्न तथा आफ्नो दैनिकी गुजारा गर्न धेरैलाई कठिन बन्दै गएको छ । यस्तै महामारीमा सडकमा ओहोर दोहोर गर्ने गरिब दुखीहरूको सहयात्री बन्दै सहयोगी बनेकी छन् पोखरा कि ९ वर्षीय बालिका प्रेन्शा रेग्मी ।

 दोस्रो चरण कोरोना महामारीमा झन्डै एक हप्ता देखि पोखरा बजारको सडक छेउ छाउ तथा व्यस्त बजारमा टोकरीमा मास्क र पानी राखेर सडकमा हिड्नेहरुलाई किन्न सक्नेलाई टोकरीमा पैसा राख्न आग्रह गर्दै तथा किन्न नसक्नेलाई नि:शुल्क पानी र मास्क लिन अनुरोध गर्दै उनले उक्त सुविधा उपलब्ध गराउँदै आएकी छन् ।
 
निषेधाज्ञाका कारण सडकमा पानी र मास्क राखेको उनले बताइन । सडक छेउमा किन्न सक्नेले पानी मास्कको पैसा टोकरीमा राख्न र नसक्नेले लगेर जानू भनेर उनले सूचना समेत राखिएको देखिन्छ । उनी पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीमा पनि पूर्ण रूपले सडकमा खटिएकी थिइन ।

 सन २०१९ को डिसेम्बर बाट विश्वभर फैलिएको कोरोना महामारीमा सरकारले लगाएको लकडाउनमा प्रहरीले मास्क नलगाउनेलाई कारबाही गरेको र कुटेको देख्दा उनले त्यो दृश्य देख्न नसकेर ती सर्वसाधारणलाई आफूले जम्मा गरेको रकमबाट मास्क वितरण गर्ने सोच बनाएको बताउँछिन् ।

उनले पाँच वर्षको उमेरदेखि जम्मा गरेको गत चैत्रसम्मको १५ हजार रकम र आफ्नो बुबाबाट १५ हजार मागेर ३० हजारको मास्क किनेर पोखराको सडकमा आएको बताउँछिन् ।

 कोभिड १९ को पहिलो चरणमा 
कोरोनाको चौतर्फी सन्त्रास फैलिइरहँदा ८ वर्षकी प्रेन्शाले सरकारले गर्नुपर्ने काम एक्लैले गर्दै सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै ,मास्क प्रयोग सम्बन्धी सचेतना फैलाउँदै ,मास्क किन लगाउने र कसरी कोरोना सङ्क्रमणबाट बच्ने भनेर क्याम्पेनिङ समेत गरेकी थिइन । साथै उनले सर्वसाधारणलाई मास्क नलगाएकोमा कुट्ने प्रहरीलाई नै मास्क वितरण समेत गरिन ।

उनले पहिलो चरणको कोरोना महामारीका बेला फुड बैङ्क,क्लोथ बैङ्क,बुक बैङ्क जस्ता थुप्रै अभियान चलाएकी थिइन् ।हाल उनले बुक बैङ्क अभियानलाई भने निरन्तरता दिई रहेकी छन् । विलक्षण प्रतिभा र सोच कि धनी प्रेन्शालाई कर्ण सकारात्मक कोशले असाधारण प्रतिभाशाली बालिका भन्दै कर्ण शाक्यको सोच अभियानको ‘युवा एम्बेसडर’ मनोनीत गरेको छ।

नागरिकलाई सचेत बनाउन बच्चै देखी सकारात्मक सोच बसाल्नु पर्छ। बाल बालिकालाई बालिकाकै मनोवैज्ञानिक भाषाबाट सम्झाउन सक्यो भने बढी प्रभावशाली हुन्छ भन्दै प्रेन्शाले स्कुल स्कुलमा गएर विद्यार्थीहरूलाई सकारात्मक सोच बारे प्रशिक्षण दिइरहेकी छन्।

कान्छी समाजसेवी प्रेन्शा रेग्मी कर्ण सकारात्मक कोष सोच समूहको ‘युवा एम्बेसडर’ मा मनोनीत भएकी हुन ।कलिलो उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान गरेकी पोखराकी ९ वर्षीय प्रेन्शा पोखरामा कोरोना महामारीबाट हुन सक्ने सम्भावित जोखिम लाई मध्यनजर गर्दै समाजलाई बचाउन मास्क, गरिब विद्यार्थीका लागि शैक्षिक सामाग्री, खाद्यान्न , लत्ताकपडा वितरण गर्दै आएकी देशकै कान्छी सामाजिक अभियन्ता हुन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ