arrow

२ सय ४३ उपआयोजनाहरूसंग सम्झौता

logo
प्रकाशित २०७३ असार १५ बुधबार
agriculture2.jpg.jpeg
काठमाण्डौ। किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले २०७२ को जेठ महिनासम्ममा कार्यक्रम लागु भएका मध्य पहाडी ६ जिल्लाहरूमा औपचारिक बीउ क्षेत्रको विकास र  साना पशुपालक किसानको व्यवसायीकीकरणमा गरी कुल २४३ उपआयोजनाहरूसंग सम्झौता सम्पन भएको छ । यस कार्यक्रम ले दिएको जानकारी अनुसार औपचारिक बीउ क्षेत्रको विकास सम्भागतर्फ जम्मा १७६ उपआयोजनाहरू छन् भने साना पशुपालक किसानको व्यवसायीकीकरण सम्भागतर्फ जम्मा ६७ उपआयोजनाहरू छन ।
 
औपचारिक बीउ क्षेत्रको विकास अन्र्तगत भएका सम्झौतामा जम्मा १३२ किसान समूह, ४१ सहकारी, २ एग्रोभेट र बीउ कम्पनी रहेका छन् । जिल्लागत रुपमा विभाजन गर्दा  गुल्मीमा ३८, अर्घाखाँचीमा ३७, सल्यानमा ३२ रुकुममा २७, रोल्पामा २४ र प्युठानमा १६ उपआयोजनहरू रहेको कार्यक्रमका बीउ बिजन संयोजक लिलाराम खनालले बताए ।  यसमा कुल ३६ करोड ६ लाख ४९ हजार, ८ सय ४९ रुपैयाँको सम्झौतामा  १६ करोड २२ लाख २५ हजार १ सय ३० किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले अनुदानको रुपमा प्रदान गर्छ भने १८ करोड, ८४ लाख २४ हजार ७ सय १९ रुपयाँ किसान स्वयंले व्यहोर्ने छन् ।
 
त्यस्तै साना पशुपालक किसानको व्यवसायीकीकरण सम्भागतर्फ भएका सम्झौतामा मासु बिक्री पसल, प्याराभेट, बाख्रापालन, डेरी फर्म,  आदि रहेका छन् । कार्यक्रमका पशुविकाश संयोजक श्रीराम प्रसाद नेउपानेका अनुसार कुल ६७ उपआयोजनाहरूमध्ये रोल्पामा २२, रुकुममा १६, अर्घाखाँचीमा १५, गुल्मीमा ७, प्युठानमा ६  र सल्यानमा १ छन् ।
 
मुलुकलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउदै उत्पादकत्व बृद्धि गर्न सरकारले मध्य पहाडी क्षेत्रका ६ जिल्लामा किसानका लागि उन्नत बीउ विजन कार्यक्रम आयोजना लागु गरेको छ । पश्चिमाञ्चलको गुल्मी,अर्घाखाँची तथा मध्य–पश्चिमका रोल्पा, रुकुम, सल्यान, र प्युठानमा विभिन्न उपआयोजनाहरू संञ्चालन भएका छ्न् । 
 
कार्यक्रमले कृषि सहकारी, कृषक समूह र निजी फार्मलाई अनुदान प्रदान गरेको छ । किसानलाई कार्यक्रमले बीउ उत्पादनका साथ–साथै साना सिंचाई, कृषि यान्त्रिकरण, भण्डारण कक्ष तथा गोदामघर, बाली पशु वा दुग्ध संकलन केन्द«, कृषि उपज प्रशोधन केन्द«, ढुवानी प्याकेजिङ, बधशाला र विशेष बजार पूर्वाधारहरूमा समेत सहयोग गरेको छ । 
 
कार्यक्रमको सहयोगमा कृषकले दक्ष प्राविधिकको निरिक्षणमा उन्नत बीउ उत्पादन गरिरहेका छन् । बीउ उत्पादनका लागि कार्यक्रमले मूल बीउ र अन्य प्राविधिकहरूलाई सहयोग गर्दै आइरहेको छ । कार्यक्रमले किसानहरूले उत्पादन गरेका बीउबिजनको बजारीकरणका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालय, उद्योग बाणिज्य सघं र लुम्बीनी सिड्स कम्पनीसंग सम्झौता गरीे बजारीकरण गर्ने कार्यलाई सहज बनाएको छ । आयोजनाको कुल बजेट ५९.७ मिलियन डलर छ । यसका लागि आइफाडको अनुदान र ऋण, नेपाल सरकार, हेफर इन्टरनेशनल लगायतका संस्थाहरूको आर्थिक साझेदारी रहेको छ ।
 
७ वर्षसम्म सञ्चालन हुने यस आयोजनाले ४ साना किसानहरूको सहभागितामा २ लाख ४० हेक्टर जमिनबाट वार्षिक ३२ सय मेट्रिक टन धान, गहुँ र मकै तथा ५ सय मेट्रिक टन तरकारीको बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ । मुलुकमा घट्दै गएको उत्पादकत्व, विदेशी हाइव्रिड बीउको प्रभाव, कृषि पेशाप्रति बढ्दै गएको उदासिनता र बीउको गुणस्तरहीनतालाई सुधार गर्न नेपाल सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।  
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ