arrow

विविध कार्यक्रम गरी धान दिवस मनाइयो

logo
प्रकाशित २०७३ असार १५ बुधबार
8.jpg.jpeg
काठमाडौं। उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी आज १३औँ राष्ट्रिय धान दिवस मनाइएको छ । ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्य सङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो। 
 
कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ । तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आव २०७२/७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ। 
 
धान विज्ञ भोलामानसिंह बस्नेतले बिहानबेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने दाबी गरे । कृषकले बीउ तथा मल छनोटमा ध्यान पुर्‍याए अहिले भन्दा २० प्रतिशत बढी धान उत्पादन गर्न सकिने उनको भनाइ छ। 
 
सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ । पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ । 
 
यसैगरी आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन नेपालले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा धान रोपाइँ कार्यक्रमको आयोजना गरेको छ। 
 
उक्त कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री विक्रमबहादुर थापा, सहायकमन्त्री दिनेश श्रेष्ठ, सङ्घीय मामिला र स्थानीय विकास सहायकमन्त्री रेशम लामालगायतको उपस्थिति रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ