arrow

देउवाले गरे टर्की घटनाको भत्र्सना

logo
प्रकाशित २०७३ असार १५ बुधबार
Iatanbul-news-15.jpg.jpeg
काठमाडौंं। काँग्रेस सभापति शेरबहादुर देउवाले टर्कीको इस्तानबुलस्थित अतातुर्क विमानस्थलमा अज्ञात समूहले मङ्गलबार गरेको आत्मघाती आक्रमणको भत्र्सना गरेका छन् ।  
 
देउवाले विज्ञप्ति जारी गर्दै युरोपको अति व्यस्तमध्ये एक मानिने टर्कीको इस्तानवुलको अतातुर्क विमानस्थलमा अज्ञात समूहले गरेको आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ४१ जनाको मृत्यु भएको र सयौँको सङ्ख्यामा निर्दोष र निहत्था मानिस घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।  
 
‘विश्वका जुनसुकै कुनामा हुने मानवताविरुद्धका आतङककारी घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछु साथै यस दुःखद् क्षणमा टर्की सरकारमार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु’– सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गरी परिवारजनहरुप्रति समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ