arrow

बाढीले विद्युतीय शवदाह यन्त्र बन्द

logo
प्रकाशित २०७३ असार १५ बुधबार
sab.jpg.jpeg
काठमाडौँ। बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
 
सोमबारको अविरल वर्षाले बाग्मतीमा बाढी आई पशुपति तिलगङ्गाास्थित नदी किनारमा रहेको शवदाह गृहमा पानी पस्दा यन्त्र बिग्रिएको कोषले जनाएको छ । 
 
कोषले विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृहमा शव जलाउन सुरु गरेको थियो । बाढीका कारण पहिलोपटक यन्त्र बिग्रिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए । “शवदाह यन्त्र बनाउने काम भइरहेकाले केही दिनमै सञ्चालनमा आउँछ” – उनले भने । उनका अनुसार अहिलेसम्म विद्युतीय शवदाह गृहमा एक हजार ८०० शव जलाइसकिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ