arrow

भारतीय क्रिकेट टिमको प्रशिक्षकपछि वाक्युद्धमा शास्त्री-गांगुली

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
shastri-ganguly-2806.jpg.jpeg.jpeg
मुम्बई । भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षकका लागि अन्तर्वार्ता दिने बेलामा छनोटकर्ता सौरभ गांगुली नभएको आरोप रवि शास्त्रीले लगाएपछि गांगुलीले पनि प्रशिक्षक हुनुपर्ने मान्छे बैंककमा भएको भन्दै खिल्ली उडाएका छन् । भारतीय िक्रिकेट टिमका पूर्व निर्देशक रवि शास्त्रीले सौरभ गांगुलीका कारण आफू भारतीय टिमको मूख्य प्रशिक्षक बन्न नपाएको भन्दै दुःख व्यक्त गरेको अर्को दिन गांगुलीले ‘यदि मूख्य प्रशिक्षकको पद त्यति महत्वपूर्ण भएको भए तपाई बैंककको कुनै बिचमा छुट्टी मनाउन जाने हैन कि भारतमै रहेर आफ्नोलागि केही गर्नुहुन्थ्यो ।’ रवि शास्त्री प्रशिक्षकका लागि गम्भीर नभएकोसमेत आरोप लगाएका छन् । 
 
एक हप्ताअघि भारतीय टिमको मूख्य प्रशिक्षकका लागि भएको छनोटका क्रममा शास्त्रीले स्काइपबाट अन्तर्वार्ता दिएका थिए । त्यसैगरी मास्टर ब्लास्टर सचिन तेन्दुलकरले पनि स्काइपबाट प्रश्न सोधेका थिए । 
गांगुली अन्तर्वार्ता लिने समय आफू बंगाल क्रिकेट एसोसिएनको बैठकमा गएको स्पष्टसमेत पारेका छन् । 
रवि शास्त्रीले आफूले अपमानित महसुस गर्नुपरेको भन्दै प्रशिक्षकको २१ जनाको होडमा अनिल कुम्बले नभएकामा कसरी अहिले मूख्य प्रशिक्षक बन्न सकेको होला भनी आश्चर्यमा परेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ