- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड मंगलबार रातिको खेलमा लेष्टर सिटीसँग पराजित भएपछि म्यानचेस्टर सिटीले तीन खेलअघि नै उपाधि जितेको हो ।
युनाइटेड घरेलु मैदानमा लेष्टरसँग २–१ गोल अन्तरले पराजित भएको थियो । यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।
सिटीले पछिल्ला चार वर्षमा तेस्रो लिग उपाधि जितेको छ । पेप ग्वार्डिओलाले चार वर्षमा तेस्रो पटक सिटीलाई उपाधि दिलाएका हुन् । गत वर्षको लिग भने लिभरपुलले जितेको थियो । सिटी दोस्रो स्थानको युनाइटेड भन्दा १० अंकले अघि रहेको छ ।
सिटीको ३५ खेलमा ८० अंक रहेको छ भने युनाइटेडको ७० अंक छ ।
जितपछि लेस्टर ३६ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । चौथो स्थानको चेल्सीको ६४ अंक छ । तीन खेलअघि नै रेलिगेशनमा पुग्ने टिमको टुंगो लागिसकेको छ ।
शेफिल्ड युनाइटेड १७ अंकबाट पुछारमा रहँदै, वेष्टब्रोम २६ अंकबाट पुछारबाट दोस्रो स्थानमा रहँदै र फुल्हम २७ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहँदै रेलिगेशनमा परेको हो ।