arrow

काँग्रेसले साथ दिए पनि मोर्चाले अझै साथ दिएन संसद बैठकलाई

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
Samsad-bhawan2.jpg.jpeg

काठमाडौँ । व्यवस्थापिका संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भूकम्प पीडितका हकका बारेमा गर्दै आएको अवरोधले समाधानको बाटो ल्याइ संसद बैठक चालु हुँदा मधेसका मुद्दा नसमेटिंदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ ।
नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको मोर्चाले आफुना माग समाधान नभएको भन्दै बैठक बहिस्कार गरेको हो ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गरेकी थिइन् ।
सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताए ।

संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तर रुपमा आन्दोलन गर्दै आएको सदनलाई जानकारी गराउँदै उनले आजको बैठक बहिष्कार गरेको घोषणा गरे ।

उनको बहिष्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

आन्दोलनरत पक्षका माग संविधान संशोधनमार्फत सम्बोधन गर्न मोर्चाले सरकारलाई आग्रह गर्दै सदनको बैठक निरन्तर रुपमा केही समयदेखि बहिष्कार गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ