arrow

युवाहरूद्वारा १५ थान सिलिन्डर कपिलवस्तु अस्पताललाई हस्तान्तरण 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
oxygen-cylinders-youth.jpg

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीय युवाहरूले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग सङ्कलन गरी सहयोगी हातहरू अगाडी बढाइरहेका छन् । सोही क्रममा  १५ थान ४७ लिटरको अक्सिजन सिलिन्डर  कपिलवस्तु अस्पतालमा कोभिड बिरामीहरूका लागि हस्तान्तरण गरेका छन्  ।

अभियानका संयोजक गोपी कृष्ण शर्मा, अधिकारकर्मी रबी ठाकुर व्यवसायी नित्यानन्द वर्माले अस्पताललाई हस्तान्तरण गरेका हुन् । अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला र कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहलाई  उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।  

आगामी दिनमा समेत अन्य क्षेत्रबाट सहयोग सङ्कलन गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन तथा स्वास्थ्य सामाग्री सङ्कलन तथा वितरण कार्य जारी राख्ने संयोजक गोपी कृष्ण शर्माले बताए । साथै कोरोनाको विषम परिस्थितिमा मानवतावादी रूपले सबैले एक आपसमा सहयोग र सहकार्य सुरक्षित रूपमा गर्न समेत अभियानकर्मीहरूले जनाएका छन् । 

विभिन्न दाता तथा निकायले सहयोग गरेपछि केही हदसम्म बिरामीहरूको उपचारमा सहजता आएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ