arrow

रोनाल्डो र लेवन्डोस्कीको प्रदर्शनमा निर्भर पहिलो क्वार्टरफाइनल

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
Ronaldo_Lewandoski.jpg.jpeg
काठमाडौं। पोर्चुगल र पोल्याण्ड बिचको क्वार्टरफाईनल खेलमा दुई खेलाडीको प्रदर्शनले नतिजामा प्रतक्ष्य असर गर्ने छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र पोल्याण्डका रोब्रट लेवन्डोस्कीले कस्तो खेलछन् त्यसमा टोलीको नतिजा निर्भर रहने छ। 
 
युरो २०१६मा २ गोल गरेका रोनाल्डो फर्ममा रहेका छन्। उनले आख्रमण गरेको बल रिबाउण्ड हुँदा करिश?माले गोल गरेका थिए। रोनाल्डोले पोर्चुगलकालागि १३० खेलमा ६० गोल गरिसकेका छन्। रियाल मड्ररिड स्टार रोनाल्डोको लयले पोर्चुगलको हार-जित निर्धारण गर्ने छ। 
 
रोनाल्डोले पोल्याण्डसँगको खेलमा धेरै आख्रमण गरुन भन्ने चाहना पोर्चुगलका कोचले राखेका छन्। उनले जति आख्रमण गर्छन् त्यती गोल हुने संभावना बढी रहने गर्छ कोच सान्तोषले भने। उनलाई बिपक्षीले सकेसम्म कम आक्रमण गरुन भन्ने किसिमले घेरेका हुन्छन्, सान्तोषले भने।
 
पोल्याण्डका लेवन्डोस्कीले युरो २०१६मा खाता खोल्न बाँकी रहेको छ। उनी लयमा फर्केको खण्डमा पोर्चुगललाई गाह्रो पर्ने निश्चित देखिएको छ। पोर्चुगलको हंगेरी बिरुद्ध जस्तो रक्षापंक्ति रहने हो भने र पोल्याण्डका लेवन्डोस्की लयमा फर्केो खण्डमा पोर्चुगललाई गाह्रो हुने निश्चित रहेको छ। हेंगेरी र पोर्चुगल बिचको खेल ३-३ गोलको बराबरी भएको थियो। 
 
युरो २०१६को छनौट चरणमा १३ गोल गर्दै उत्कृष्ठ गोलकर्ता रहेका लेवन्डोस्कीले युरो फाईनल्समा भने खाता खोल्न सकेका छैनन्। रोनाल्डोले युरो छनौट चरणमा ५ गोल गरेका थिए। 
 
जर्मन क्लब बायर्न म्युनिखका प्रमुख अग्रपंक्तीका खेलाडी लेवन्डोस्कीको लयमा फर्किने आशा पुरै पोल्याण्ड टोलीले गरेको छ। सन् २०१५मा पोल्याण्डकालागि ७ खेलमा ११ गोल गरेका लेवन्डोस्की पछिल्लो ७ खेलमा गोल बिहिन हुनु सोचनिय बिषय बनेको छ। 
 
पोल्याण्डका कोच एडम नवल्काले लेवन्डोस्की गोल रहित हुँदा खासै समस्या नरहेको भन्दै उनको बचाउ गरेका छन्। युरो २०१६मा पोल्याण्डले पोष्टमा ४९ आक्रमण गरेकोमा लेवन्डोस्कीको जम्मा २ आक्रमण रहेका छन्। 
 
पोर्चुगलका म्यानेजर फर्नान्डो सान्तोषले पोल्याण्ड विरुद्धको खेल पचास पचासको रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् –जेसुकै अवस्थाको भए पनि जित्ने त हामीले नै हो ।
 
त्यसैगरी क्रिष्टियानो रोनाल्डोले जितका लागि टिमले सत्प्रतिशत नतिजा ल्याउने विश्वास लिएका छन् । टिममा आन्द्रे गोम्स फर्किने भएपछि अझ बढी उत्साह थपिएको छ । 
 
विगत कोट्याउने हो भने पनि खेल ५०–५० कै रहेको छ । अहिलेसम्म पोल्याण्डसंग पोर्चुगलले खेलेका १० खेलमा ३ मा जित ३ मा हार र ४ मा बराबरी खेलेको छ । 
 
प्रिक्वार्टरफाइनलमा पोल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने पोर्चुगलले क्रोएसियालाई १–० ले हराएको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ