arrow

मेक्सिकोमा वातावरणीय प्रदुषणबाट वर्षेनी २० हजारको मृत्यु

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
mexico-city-pollution.jpg.jpeg
मेक्सिको सिटी। मेक्सिकोमा वायु प्रदुषणबाट वर्सेनी कम्तीमा पनि २० हजार जनाको ज्यान जाने गरेको समाचार छ ।  मेक्सिकोको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थले दिएको जानकारीअनुुसार वर्षमा २० हजार नागरिकको वायु प्रदुषण र यससँग सम्बन्धित स कारण ज्यान जाने गरेको पाइएको छ । 
 
बिहीबार मेक्सिको सिटीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रममा बोल्दै उक्त संस्थाका निर्देशक माउरिको हर्नान्डेजले सो जानकारी गराएका हुन् । उनका अनुसार मेक्सिकोमा वायु प्रदुषणको अवस्था अत्यन्तै घातक र डरलाग्दो गरी फैलिएको छ । यसका कारण मेक्सिकाको कम्तीमा पनि ११ वटा सहर प्रभावित भएका छन् । 
 
ती ११ सहरमा बस्ने दशलाखभन्दा बढी नागरिक वायु प्रदुषणको चपेटामा परिरहेका पनि उनले जानकारी दिएको समाचारमा जनाइएको छ । मेक्सिकोमा भएका वायु प्रदुषणको अवस्था हेर्दा वर्सेनी यहाँ कम्तीमा पनि २० हजार मानिस यसै कारणले मृत्यु हुने गरेको छ भने अरु वर्सेनी लाखौँ मानिस नराम्रोसँग प्रभावित हुने गरेका छन् । 
 
मेक्सिकाका विभिन्न सहरमा पछिल्ला वर्षहरुमा बढ्दै गएको वायु प्रदुषणका कारण स्वासप्रस्वास र मुटुको रोगको प्रकोप बढ्ने गरेको पाइएको पनि उनले बताए । 
 
उनले मेक्सिकोको स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य महाशाखाको पनि प्रमुखका रुपमा रही काम गरिरहेका छन् । गएको मार्च १ तारिखदेखि यता जुनसम्म अनुसन्धान गरिएको एक तथ्याङ्कमा त्यस अवधिमा अस्पतालमा आएका विरामीहरुमा स्वासप्रस्वास र मुटुका रोगीहरु बढी आएका थिए र उनीहरुको विमार वातावरणीय प्रदुषणका कारणले बढेको थियो । 
 
मेक्सिको सवारी साधनहरु धेरै रहेको देशमा पर्छ । त्यस देशमा सञ्चालन हुने गरेका मोटर एवम् यस्तै सवारी साधनको मापदण्ड पनि त्यति स्वस्थ नरहेको बताइन्छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ